एनपिएलले बढायो होटलहरूको आर्थिक कारोबार

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । यस वर्षको एनपिएलमा नेपाल क्रिेकट संघ (क्यान)ले प्रायोजन र टिकट बिक्रीलगायत स्रोतबाट एक अर्ब ५० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । यतिमात्र नभई आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक र अन्य सदस्यको बसोबासदेखि खेल हेर्न आउने दर्शकको आवागमनसम्मले होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा समेत कारोबार बढाएको हो । होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार एनपिएलका आठवटै फ्रेन्चाइज टोली काठमाडौंका विभिन्न पाँचतारे होटलमा बसेका छन् । यसले होटलको व्यापार बढाउनुका साथै नेपालमा खेल पर्यटन विस्तारको सम्भावना पनि देखाएको छ । ‘आठवटा फ्रेन्चाइज टोलीका सदस्यहरू ठूला पाँच तारे होटलमा बसेका छन् । यसले होटलको व्यापार बढाएको छ । टोलीका सदस्यबाहेक खेल हेर्न आउने दर्शकले पनि होटलमा बस्ने, खाने र यातायात प्रयोग गर्ने भएकाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्छ’, शाहले भन्नुभयो । उहाँका अनुसार एनपिएलले तत्कालीनरूपमा होटल व्यवसायमा कारोबार बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने अवसरसमेत दिएको छ । प्रतियोगिता टेलिभिजनमार्फत् अन्तर्राष्ट्रिय दर्शकमाझ पुगिरहेकाले त्यसलाई नेपालको पर्यटन प्रचारसँग जोड्न सके दीर्घकालीन लाभ लिन सकिने उहाँको भनाइ छ । शाहले एनपिएललाई खेल पर्यटनको माध्यम बनाउने हो भने होटल व्यवसायी, नेपाल सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल क्रिकेट संघले संयुक्त योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको उपस्थिति र विदेशी खेलाडीको सहभागितालाई पर्यटन प्रवर्द्धनमा उपयोग गर्न सके थप पर्यटक आकर्षित गर्न सकिने उहाँको भनाइ छ । ‘हामीसँग विश्वस्तरीय होटल छन् र निजी क्षेत्र लगानी गर्न तयार छ । अब सरकार, पर्यटन बोर्ड, क्रिकेट संघ र होटल व्यवसायी मिलेर योजना बनाउनुपर्छ । राम्रो योजना बनाउन सके अहिलेको आर्थिक प्रभावलाई अझ बढाउन सकिन्छ’, उहाँले भन्नुभयो । एनपिएलको प्रभाव ठूला होटलमा मात्र सीमित छैन । खेल हेर्न कीर्तिपुर पुग्ने दर्शकका कारण मैदान आसपासका खाजा पसल तथा अन्य साना व्यवसायमा पनि कारोबार बढ्ने अवसर सिर्जना भएको छ । प्रतियोगिताका खेल हेर्न विभिन्न फ्रेन्चाइजका समर्थक आउने क्रमले स्थानीय क्षेत्रमा खानेकुरा र पेय पदार्थको माग बढाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले पनि एनपिएलजस्ता खेलकुद गतिविधिले युवा वर्गलाई उत्साहित बनाउनुका साथै निजी क्षेत्रको बजार चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताउनुभएको छ । यस्ता प्रतियोगितालाई निरन्तरता दिन सके होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढ्ने उहाँको भनाइ छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको एनपिएलले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा कारोबार बढाउने अवसर सिर्जना गरेको छ । आठ फ्रेन्चाइज टोलीका खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यको बसोबास र खेल हेर्न आउने दर्शकको आवागमनले होटल, रेस्टुरेन्ट तथा यातायात व्यवसायमा आर्थिक गतिविधि बढाएको हो । शर्माका अनुसार एनपिएलले खेलकुदमा रुचि राख्ने दर्शकलाई आकर्षित गर्नुका साथै सीमावर्ती क्षेत्रबाट समेत मानिसको आवागमन बढाउन सक्छ । यसले पर्यटन र स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पार्ने उहाँको बुझाइ छ । ‘खेलकुदप्रति रुचि राख्ने मानिसको जमात बढ्छ । सीमावर्ती क्षेत्रका मानिस पनि आकर्षित हुन सक्छन् । यसले पर्यटनलाई समेत प्रभाव पार्छ’, उहाँले भन्नुभयो । यस्तै, त्रिवि क्रिकेट मैदानबाहिर एनपिएल अवधिभरका लागि खाजा पसल सञ्चालन गरिरहेका स्थानीय होटल व्यवसायी नरेन्द्र कोजूका अनुसार खेल हुने दिन दर्शकको आवागमनले व्यापार गर्ने अवसर बढाएको छ । सामान्य अवस्थामा भन्दा प्रतियोगिताका कारण मैदानमा केन्द्रित हुने भिडले स्थानीय व्यवसायलाई ग्राहकसम्म पुग्ने अवसर दिएको उहाँको भनाइ छ । खेल पर्यटनको दीर्घकालीन सम्भावनाहोटल संघका अध्यक्ष शाहले एनपिएलबाट होटल व्यवसायमा कति प्रतिशत कारोबार वृद्धि भयो भन्ने यकिन तथ्यांक दिन नसकिने बताउनुभयो । तर, प्रतियोगिताले सिर्जना गरेको आर्थिक गतिविधिलाई व्यवस्थितरूपमा विस्तार गर्न सके यसको लाभ बढाउन सकिने उहाँको भनाइ छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय खेल प्रतियोगितालाई पर्यटन प्याकेज, होटल सेवा र नेपालको पर्यटकीय गन्तव्यसँग जोड्न सके एनपिएल नियमित खेल प्रतियोगिताभन्दा बाहिर पनि आर्थिक अवसर सिर्जना गर्ने माध्यम बन्न सक्छ । त्यसका लागि प्रतियोगिताको प्रचारसँगै विदेशी समर्थकलाई आकर्षित गर्ने र उनीहरूको बसाइ अवधि बढाउने रणनीति आवश्यक छ । एनपिएलमा सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, जनकपुर बोल्ट्स र विराटनगर किंग्स गरी आठ टोली सहभागी छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै
काठमाडौं । सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको छ । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ छिटोछरितो बनाउन एक थानभन्दा बढी मुद्दा रहेका जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेञ्च) गठन गरी सुनुवाइको व्यवस्था गर्न निर्देशन दिएसँगै सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको हो । सहकारीसम्बन्धी मुद्दाको संख्या एक सयभन्दा बढी भएका जिल्ला अदालतमा समर्पित इजलास गठन गर्ने र त्यसभन्दा कम मुद्दा ...

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो ... ...

नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
काठमाडौँ, कात्तिक १२ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतक... ...

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम
काठमाडौं । बंगालको खाडीबाट विकसित भएर आएको ‘अर्नब’ चक्रवातले छिमेकी देश भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमको बीचमा तटमा ठोक्किएको यस भीषण चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको तीव्र गतिमा हावा चलेको थियो । यसको असर भारतका एक दर्जनभन्दा बढी राज्यहरूमा फैलिसकेको छ ...


