राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दैछन्। यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा साँझ ५ बजे सुरू हुनेछ । सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई पराजित दोस्रो क्वालिफारयमा पुगेको हो । आज जित्ने टोली फाइनल पुग्नेछ । फाइनलमा लुम्बिनीसँग खेल्नेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।
एनपिएलमा आज सुदूरपश्चिम र चितवनको निर्णायक भिडन्त, लुम्बिनीसँग उपाधिका लागि कसले मार्ला बाजी ?

Read Complete Original Article
Published originally on फरकधार






