मकवानपुर । मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चेकजाँचका क्रममा कार छाडेर चालक फरार भएका छन्। बुधबार राति करिब १:४० बजे भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरीले रोकेको थियो। कार जाँच गर्ने क्रममा चालकले ‘केही छैन सर’ भन्दै भागेपछि प्रहरीले कारको पछाडिको डिक्की खोलेर हेर्दा साना–ठूला गरी ९ वटा पोकामा राखिएको गाँजा फेला पारेको हो। तौल गर्दा उक्त गाँजा ११७ किलो ९१० ग्राम रहेको प्रहरीले जनाएको छ। कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गाँजासहित कार बरामद, चालक फरार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






