Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएलमार्फत रेडपाण्डा संरक्षण अभियान

एनपिएलमार्फत रेडपाण्डा संरक्षण अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमार्फत रेडपाण्डा संरक्षण अभियान

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक ई-सेवाले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मार्फत दुर्लभ तथा संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउण्ड्री काउन्ट्स’ अभियानअन्तर्गत कम्पनीले एनपिएलमा प्रहार हुने प्रत्येक छक्काबापत दुई हजार र प्रत्येक चौकाबापत एक हजार (करसहित अधिकतम् सीमा १० लाखसम्म) योगदान गर्नेछ । एनपिएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको ई-सेवाले रेडपाण्डा नेटवर्क तथा रेडपाण्डा नेटवर्क नेपालसँगको सहकार्यमा प्रतियोगितामा प्रहार हुने प्रत्येक चौका र छक्काबापत रेड पाण्डाको बासस्थान संरक्षण कार्यका लागि उक्त रकम योगदान गर्ने भएको हो । सो सम्बन्धमा ई-सेवा, रेडपाण्डा नेटवर्क तथा रेडपाण्डा नेटवर्क नेपालबीच त्रिपक्षीय साझेदारी भएको छ । कम्पनीका अनुसार एनपिएलमा प्रहार हुने बाउण्ड्रीबापत ई-सेवाले योगदान दिने रकम रेड पाण्डाको प्राकृतिक बासस्थान पुनःर्स्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न उपयोग गरिनेछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को रातो सूचीमा संकटापन्न प्रजातिका रूपमा सूचीकृत रेडपाण्डा संरक्षणका लागि बासस्थान सुरक्षा र पुनःर्स्थापना महत्त्वपूर्ण मानिन्छ । उक्त अभियानअन्तर्गत रेड पाण्डाको बासस्थान रहेको इलाम तथा पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन-जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । जसअन्तर्गत स्थानीय प्रजातिका विरुवा रोप्ने, रोपिएका विरुवा संरक्षण गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनःर्स्थापना गर्ने कार्यहरू समावेश हुनेछन् । अभियानअन्तर्गत करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनःर्स्थापना, १० हजार स्थानीय प्रजातिका विरुवा रोप्ने र स्थानीय समुदायका लागि करिब ६ सय श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइने बताइएको छ । ई-सेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले नेपाल प्रिमियर लिग सम्पूर्ण क्रिकेटप्रेमीका लागि ठूलो उत्सव भएको बताउँदै खेलको यही उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरिएको बताउनुभएको छ । रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले क्रिकेटको लोकप्रियतालाई रेडपाण्डा संरक्षणसँग जोड्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै अभियानले संरक्षण र समुदायको हितमा काम गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो । रेडपाण्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले क्रिकेटको ऊर्जालाई रेड पाण्डाको भविष्यसँग जोडेकोमा ई-सेवाप्रति आभार व्यक्त गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

फूलको अर्थतन्त्र
ताजा खबरJust now

फूलको अर्थतन्त्र

काठमाडौँ। तिहार नजिकिँदै गर्दा भक्तपुरको गुण्डुका किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ। बिहानै खेतबारी पुगेर फूल टिप्ने र दिउँसो परिवारका सदस्यसँग मिलेर माला तयार पार्ने उनीहरूको दिनचर्या बनेको छ। यही फूलले कसैको घर सजाउँछ, कसैको चाडपर्वको खुसी बढाउँछ। तर फूल उत्पादन गरेर बजारमा पुर्‍याउने किसानका लागि भने यो मौसम कमाइसँगै मूल्य र बजारको हिसाब मिलाउने समय पनि हो। नेपालमा ...

नेपालन्युज
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
ताजा खबरJust now

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

• लगातारको वर्षाका कारण काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। • काभ्रेको पिन्थली र गिम्दीबेँसीमा बिपी राजमार्गमा लेदो बगेर सडक अवरुद्ध भएको छ। • खोटाङको मध्यपहाडी लोकमार्ग र ललितपुरको बागमती खोला करिडोरमा पनि पहिरो र जलसतह बढ्नाले आवागमन प्रभावित भएको छ। ...

नेपालबहस
महाकाली सिँचाइ आयोजना: संरचना बने तर नहरमा पानी आएन
ताजा खबरJust now

महाकाली सिँचाइ आयोजना: संरचना बने तर नहरमा पानी आएन

कञ्चनपुर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्‍याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा ...

नेपालन्युज
६ जना भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन
ताजा खबरJust now

६ जना भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन

काठमाडौं । डोल्पाको शे–फोक्सुन्डो ताल भ्रमणमा निस्किएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । नेपाल भ्रमणमा आएका उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–८, रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् । डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबार हिमपात भइरहेको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play