एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। बिहीबार बिहान १० बजेको एयर इन्डियाको नियमित उडानबाट उनी नयाँ दिल्ली पुगेका हुन्। दुई सदस्यीय भ्रमण दलमा अर्थमन्त्री वाग्ले र उनका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गाना सहभागी छन्। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले अर्थमन्त्री वाग्लेलाई स्वागत गरेका थिए। भारतीय टेलिभिजन च्यानल ‘एनडीटीभी’ को ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ को उच्चस्तरीय प्यानलमा अतिथि र वक्ताका रूपमा सम्बोधन गर्न उनी नयाँ दिल्ली गएका हुन्। उनी बिहीबार साँझ उक्त समिटअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशङ्करको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। शुक्रबार बिहान सवा ११ बजे समिटअन्तर्गतको आफ्नो सत्रमा सहभागी भएर उनले सम्बोधन गर्ने कार्यतालिका रहेको छ। “निकटताबाट समृद्धि: भारत-नेपाल अवसर” शीर्षकको अन्तरक्रियामा उनी सहभागी हुनेछन्। अर्थमन्त्री वाग्ले शनिबार स्वदेश फर्किने कार्यतालिका छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

निर्दलीय निर्वाचनले स्थानीय सरकारलाई साँच्चै जवाफदेही बनाउला ?
स्थानीय तहको निर्वाचन निर्दलीय बनाउने प्रस्ताव स्थानीय लोकतन्त्र, नागरिक अधिकार र सेवा प्रवाहसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले यसलाई समर्थन वा विरोधको भावनाबाट मात्र होइन, सम्भावित लाभ, जोखिम र दीर्घकालीन लोकतान्त्रिक प्रभावका आधारमा मूल्याङ्कन गर्नुपर्छ। ...

हुम्लाको हिमपातमा बेपत्ता २०० पशुको झण्डै एक महिनापछि उद्धार
६ कात्तिक, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीका उच्च पाटनमा चरनका लागि लगिएका चौँरी गाईसहित दुई सय पशुको झण्डै एक महिनापछि उद्धार गरिएको छ । असोज ९ देखि ११ गतेसम्म परेको भारी हिमपातका कारण उच्च पाटनमा रहेका पशुको अवस्था अज्ञात थियो । बाक्लो हिउँ जमेका कारण खोजी तथा उद्धारमा जानसमेत कठिनाइ भएको… ...

रवि लामिछाने भारत प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । उनको यो भ्रमण निजी तथा पारिवारिक तीर्थाटन रहेको निजी सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ। ...

क्रसरको पानी पोखरीमा डुबेर सुनकाेसीमा आमाछोरीको मृत्यु
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमा–छोरीको मृत्यु भएको छ। दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। बिहीबार दिउँसो करिब २ बजे आमा–छोरी पोखरीमा नुहाइरहेका बेला बालिका खेल्ने क्रममा डुबेकी थिइन्। छोरी पोखरीमा डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवीसमेत डुबेकी ...


