Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Others/एनएमबि बैंक र भिजा बीच ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

एनएमबि बैंक र भिजा बीच ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

10/28/2026, 5:33:29 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएमबि बैंक र भिजा बीच ’भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ। भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको बैंकले जानकारी दिएको छ। यस सम्झौता पश्चात् एनएमबि बैंकका ग्राहकहरूलाई विदेशमा रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त हुने बैंकले विश्वास व्यक्त गरेको छ। यो प्रविधि प्रयोग गरी ग्राहकहरूले झन्झटविना अझ भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकले जनाएको छ। एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी
OthersJust now

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ । भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको दाबी उजुरीमा छ । ३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी… ...

अनलाइन खबर
‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह
OthersJust now

‘अर्नव’ चक्रवातको जोखिममा कृषि र पर्यटन, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पाकेको धान र पशुपन्छीको सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन् । जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् तथा प्रवक्ता ...

पर्दाफास
लालजी हत्या प्रकरणमा संलग्न ३ जना पक्राउ
OthersJust now

लालजी हत्या प्रकरणमा संलग्न ३ जना पक्राउ

मोरङ विराटनगर उपमहानगरपालिका–६ का ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीयवासी ३६ वर्षीय अफरोज आलम, १३ वर्षीय र १६ वर्षीय नवालक रहेको सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । गुप्ता धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ...

पर्दाफास
एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित
OthersJust now

एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । जितका लागि पाएकाे १४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडे।यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी गरे। पाेखराका धनन्जय लक्षन,सकिब ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play