एनएमबि बैंक र भिजा बीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग सम्झौता गरेको छ । बैंकले ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवा सञ्चालनका लागि भिजासँग सम्झौता गरेको हो । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रमा सञ्चालनमा रहेको बैंकले जनाएको छ । सम्झौतापछि एनएमबि बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज विकल्प प्राप्त गर्नेछन् । यो प्रविधिमार्फत ग्राहकले झन्झटविना थप भरपर्दो र सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्ने बैंकको विश्वास छ । एनएमबि बैंकले हाल देशभर १९७ शाखा, १७६ एटीएम र नौ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पत्रकारलाई घरमै पुगेर धम्क्याउनु निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कार्य : पत्रकार महासंघ
सिरहा। नेपाल पत्रकार महासङ्घले सिरहास्थित अपन दैनिकका सञ्चारकर्मी श्यामकुमार यादवलाई समाचार प्रकाशित गरेको विषयलाई लिएर धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार प्रेस विज्ञप्ति जारी... ...

मिडियाको समाचार कक्षमा प्रहरी, पक्राउपुर्जी विनै पत्रकार धरपकड
प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूज डटकमका अध्यक्ष एवं प्रधान सम्पादक शोभराज बराललाई नियन्त्रणमा लिएको छ। सुवेदीलाई मीनभवनस्थित नेपालप्रेसको समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई पक्राउ पुर्जी भने नदिइएको नेपालप्रेसका सम्पादक चिरञ्जिवी पौडेलले बताए। त्यसगरी, पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि... ...

सिभिल ड्रेसमा प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा, पत्रकार नवराज मैनालीको खोजी
काठमाडौं।सिभिल ड्रेसमा आएका प्रहरीको एक टोली शुक्रबार साँझ नयाँ पत्रिकाको कार्यालय पुगेको छ। टोलीले अपराध अनुसन्धान तथा सुरक्षा विषयमा समाचार लेख्दै आएका पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो। नयाँ पत्रिकाका पत्रकार यम बमका अनुसार आफूहरू प्रहरी भएको बताउँदै आएको टोलीले मैनालीबारे सोधपुछ गरेको थियो। ‘पत्रकार मैनालीलाई खोज्दै प्रहरी हुँ भन्दै एक टोली आइपुगेको छ,’ बमले भने, ‘उहाँ तत्काल कार्यालयमा नभएकाले टोलीसँग ...

कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द
हेटौँडा । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि मकवानपुर हुँदै काठमाडौँ जोड्ने कान्ति राजमार्गमा दुई दिन रात्रिकालीन सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज र भोलि (कात्तिक १३ र १४ गते) बेलुकी ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म कान्ति राजमार्गमा सवारी आवागमनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए । उनका अनुसार बङ्गालको खाडीमा बनेको अर्नब ...


