Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

एडीबीको ३०५ मिलियन डलर ऋण तथा अनुदान स्वीकार गर्ने सरकारको निर्णय, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश पनि सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
एडीबीको ३०५ मिलियन डलर ऋण तथा अनुदान स्वीकार गर्ने सरकारको निर्णय, प्रेस काउन्सिलसम्बन्धी अध्यादेश पनि सिफारिस
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । सरकारले एसियाली विकास बैङ्क (एडीबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण तथा अनुदान स्वीकार गर्नेसहित नेपाल पुनर्बीमा कम्पनीमा थप हकप्रद सेयर लगानी गर्ने, मल नियन्त्रण आदेश स्वीकृत गर्ने र विभिन्न अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय सार्वजनिक गर्नु भएकाे छ । बैठकले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारका तर्फबाट थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गरेको छ। त्यसैगरी, न्यानो फर्टिलाइजर, बायो–स्टिमुल्यान्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गर्दै मल नियन्त्रण आदेशसमेत स्वीकृत गरेको छ। त्यस्तै, टर्कीमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन (कोप) मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयाे । मन्त्रिपरिषद् बैठकले मोही लागेको जग्गाको जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट गरी लिन निवेदन दिने तथा त्यसको टुंगो लगाउने म्याद पनि थप गर्ने निर्णय गरेको छ। निर्णयअनुसार निवेदन दिने म्याद २०८५ कात्तिकसम्म र बाँडफाँटको प्रक्रिया टुंग्याउने म्याद २०८६ असारसम्म थप गरिनेछ। यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिइएको छ। यसैगरी, प्रेस काउन्सिल नेपाल ऐन, २०४७ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नसमेत राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ। मन्त्रिपरिषद्का यी निर्णयसँगै सरकारले पूर्वाधार विकासका लागि बाह्य ऋण तथा अनुदान परिचालनदेखि कानुनी संशोधन र प्रशासनिक व्यवस्थापनसम्मका विषयलाई अघि बढाउने निर्णय गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भ्रष्टाचार मुद्दा दायर भएकै दिन कोरिया उडे माधव कुमार नेपाल
PoliticsJust now

भ्रष्टाचार मुद्दा दायर भएकै दिन कोरिया उडे माधव कुमार नेपाल

काठमाण्डु– तत्कालीन प्रधानमन्त्री एवम् नेकपाका सह-संयोजक माधवकुमार नेपाल भ्रष्टाचार मुद्दा लागेकै दिन दक्षिण कोरियातिर उडेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९७ जनाविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनी त्यसपछि पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर दक्षिण कोरिया प्रस्थान गरेका हुन्। नेपाल मंगलबार अपराह्न कोरियन एयरको उडानमार्फत दक्षिण कोरिया गएका हुन्। […] ...

काठमाण्डुपाटी
केपी ओली भेट्न बालकोट पुगे गगन थापा
PoliticsJust now

केपी ओली भेट्न बालकोट पुगे गगन थापा

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका छन्। मंगलबार साँझ थापा ओलीलाई भेट्न सूर्यविनायक नगरपालिका–७, गुण्डुस्थित ओली निवास पुगेका हुन्। दुई नेताबीच साँझ ६ः५० बजेदेखि ७ः५५ बजेसम्म भेटवार्ता भएको थियो। भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। ...

काठमाण्डुपाटी
यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे, दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने
PoliticsJust now

यस वर्षको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे, दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने

काठमाडौं, कात्तिक १७ । यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार मनाइने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारका चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको उत्तम शुभसाइत साे दिन बिहान ११ बजेर ७ मिनेटमा रहेको छ। समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्किएर बस्नुपर्नेछ भने दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ। समितिले सार्वजनिक गरेको तिहारको पर्वतालिकाअनुसार कात्तिक २० गते ...

जनताटाइम्स
इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री  शिवाकोटी
PoliticsJust now

इनम सापकोटाको अडियो सरकारको नियोजित प्रोपोगण्डा : कांग्रेस सहमहामन्त्री  शिवाकोटी

पक्राउ परेका बिचौली इनम सापकोटाले प्रहरीलाई दिएको भनिएको बयान सरकारको प्रोपोगण्डा भएको बताएका छन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play