Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक

कास्की । गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६४५ र अन्य देशका २० हजार ३१८ पर्यटक रहेका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष दुई हजार ४१६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाले बताए । गत वर्ष असोजमा ३० हजार ५४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। चालु आवमा सबैभन्दा बढी पर्यटक असोजमा भित्रिएका हुन् । भदौमा १७ हजार ९१३ र साउनमा २६ हजार ५९१ पर्यटक आएका थिए। असोज, कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो बेला पर्यटक आगमन बढ्ने गरेको आयोजना प्रमुख डा कडरियाको भनाइ छ। आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ। सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन्। शरद याम पदयात्राका लागि उत्तम मानिने हुँदा यस क्षेत्र पदयात्रा रुचाउने पर्यटकको रोजाइमा पर्ने गरेको छ। यो याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गरेको छ। आयोजना प्रमुख डा कडरियाका अनुसार दसैँ र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन्। सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ। प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले यस क्षेत्रलाई पर्यटकले रुचाउने गरेका हुन्। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जुनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ। रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ताजा खबरJust now

मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

• मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। • मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने बरुण हाइड्रोपावरले ५ प्रतिशत लाभांश वितरण गर्ने योजना बनाएको छ। • दुवै कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएका छन्। ...

नेपालबहस
दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो
ताजा खबरJust now

दसैँअघि सुनकोसीमा गाडी खस्दा बेपत्ता भएका २ जनाको शव भेटियो

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा टाटासुमो गाडी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ। उनीहरूको आफन्तले शव सनाखत गरेका प्रहरीले जनाएको छ। गत कात्तिक १ गते काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत नागथानबाट करिब २ सय मिटर तल सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा तीन जना... ...

नेपालखबर
कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते
ताजा खबरJust now

कुरिनटारमा बस, ट्रक र माइक्रो एकै ठाउँमा ठोकिँदा ११ जना घाइते

काठमाडौं । चितवनको कुरिनटारमा बस, ट्रक र माइक्रो बस आपसमा ठोकिँदा ११ जना घाइते भएका छन्। मंगलबार बिहान पौने ९ बजेतिर चितवनको इच्छाकामना- ४ धारापानीस्थित पृथ्वी राजमार्ग तीनवटा सवारी साधन एकैठाउँमा ठोक्किएका हुन्। सर्लाही बाट काठमाडौँ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ ख २७७७ नम्बरको बस, काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौँ आउँदै गरेको बाग्मती ...

केन्द्रबिन्दु
बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने
ताजा खबरJust now

बिनासूचना गैरहाजिर रहेका ११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन, नभए सेवाबाट हटाइने

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ। नक्सालस्थित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play