Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो

एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एएफसीका अध्यक्ष खलिफाको समर्थनले इन्फान्टिनोको फिफा अध्यक्षमा निर्वाचित हुने सम्भावना बढ्यो

काठमाडौं । फिफा अध्यक्ष जियानी इन्फान्टिनो चौथो कार्यकालका लागि पुनः निर्वाचित हुने सम्भावना बलियो बनेको छ। एसियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफाले उनको उम्मेदवारीलाई समर्थन गरेपछि इन्फान्टिनोको पक्षमा समर्थन बढेको हो। शुक्रबार जापानको टोकियोमा आयोजित एएफसीको विशेष कंग्रेसमा शेख सलमानले एसियाली फुटबल इन्फान्टिनोको पक्षमा एकजुट रहेको बताएका थिए। यसअघि फिफाको व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विषयमा शेख सलमानसहित युरोपेली फुटबल महासंघ यूईएफएका अध्यक्ष अलेक्जेन्डर सेफेरिन र उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ कन्काकाफका प्रमुख भिक्टर मोन्टाग्लियानीले इन्फान्टिनोको आलोचना गरेका थिए। उक्त प्रस्तावलाई लिएर विवाद चर्किएपछि इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठेको थियो। तर, एएफसीको पछिल्लो समर्थनले आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनमा उनलाई चुनौती दिन अन्य उम्मेदवारका लागि बाटो कठिन बनेको छ। यसअघि अफ्रिकी फुटबल महासंघका ५४ सदस्य राष्ट्रको समर्थन पनि इन्फान्टिनोले प्राप्त गरिसकेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

जलवायु न्यायका लागि विश्व समुदायले गम्भीर हुनुपर्छ : विद्या भण्डारी
ताजा खबरJust now

जलवायु न्यायका लागि विश्व समुदायले गम्भीर हुनुपर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा जलवायु परिवर्तनका कारण देखिएका प्राकृतिक विपद्लाई गम्भीर रूपमा लिन विश्व समुदायलाई आग्रह गरेकी छन् । उनले जलवायु परिवर्तनको असर कम गर्न नेपालले पाउनुपर्ने न्याय र सहयोग सुनिश्चित गर्नुपर्ने बताएकी छन् । चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम ९स्योङआन० सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । […] ...

लोकपथ
पहिचान जोगाउने चुनौतीमा डुकुछापका दनुवार
ताजा खबरJust now

पहिचान जोगाउने चुनौतीमा डुकुछापका दनुवार

ललितपुरको सदरमुकाम पाटनबाट दक्षिणतर्फ करिब १५ किलोमिटर दूरीमा डुकुछाप गाउँ छ । साविक डुकुछाप गाविस हाल गोदावरी नगरपालिका–८ मा पर्छ । क्षेत्री, तामाङ, नेवारलगायत विभिन्न समुदायको बसोबास रहेको यस वडामा... ...

रातोपाटी
दिए पुग्छ : आफूभित्रको मान्छे खोज्ने कथा
ताजा खबरJust now

दिए पुग्छ : आफूभित्रको मान्छे खोज्ने कथा

पत्रकार रोहित भण्डारीको ‘दिए पुग्छ’ दुःखका कथा सुनाउने पुस्तक मात्र होइन । यो दुःखमा बाँचेका मानिसको जीवनभित्र पसेर मानवीय संवेदना केलाउने पुस्तक हो । अभाव, पीडा र सङ्घर्षबिच पनि मानिसले... ...

रातोपाटी
जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार, सात जनाको मृत्यु, ४० घाइते
ताजा खबरJust now

जोर्डनको चर्चमा अन्त्येष्टिका बेला गोली प्रहार, सात जनाको मृत्यु, ४० घाइते

जेरुसेलम। जोर्डनको काराक सहरस्थित एक चर्चमा अन्त्येष्टि चलिरहेका बेला बन्दुकधारीहरूले गोली प्रहार गर्दा सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार शुक्रबार भएको घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। राजधानी अम्मानबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको ग्रिक अर्थोडक्स चर्चमा घटना भएको हो । सरकारी टेलिभिजनमा प्रसारित दृश्यमा पिस्तोल बोकेका जस्ता देखिने दुई जना बन्दुकधारी चर्चतर्फ अघि ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play