Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरंग

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरंग
Photo / Coverage: नेपालन्युज

हङकङ । अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई)सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार ओरालो लागेका छन् भने अमेरिकी फ्युचर्स र कच्चा तेलको मूल्यसमेत घटेको छ । ताइवानको ताइएक्स परिसूचक ५ प्रतिशतले घटेको छ । एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को सेयर ३.६ प्रतिशतले घट्दा चिप डिजाइन कम्पनी मिडियाटेकको सेयरमा १० प्रतिशतको गिरावट आएको छ । दक्षिण कोरियाको कोस्पी परिसूचक ६.२ प्रतिशतले घटेर ४ हजार ६९७.५१ अंकमा झरेको छ । सामसङ इलेक्ट्रोनिक्सको सेयर ९.९ प्रतिशत र एसके हाइनिक्सको सेयर ११.१ प्रतिशतले घटेको छ । जापानको निक्केई २२५ परिसूचक २.८ प्रतिशतले घटेर ५७ हजार ११.६२ अंकमा पुगेको छ । ओपनएआईमा लगानी गरेको सफ्टबैंक ग्रुपको सेयर १४.८ प्रतिशतले घटेको छ भने सेमिकन्डक्टर निर्माता किओक्सियाको सेयर १४.२ प्रतिशतले ओरालो लागेको छ । हङकङको हाङसेङ परिसूचक पनि ०.३ प्रतिशतले घटेर २२ हजार १५१.२८ अंकमा झरेको छ । त्यस्तै, चीनको साङ्घाई कम्पोजिट परिसूचक १.५ प्रतिशतले घटेर ३ हजार ४९४.७५ अंकमा पुगेको छ । यो एक वर्षभन्दा लामो अवधिकै न्यूनस्तर हो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनसहित अन्य १५ व्यापारिक साझेदारमाथि थप भन्सार शुल्क लगाउने योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसले विश्व व्यापार र लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ । अस्ट्रेलियाको एस एन्ड पी/एएसएक्स २०० परिसूचक ०.४ प्रतिशतले घटेर ८ हजार ६९२.४० अंकमा झरेको छ । अस्ट्रेलियामा अक्टोबरको उपभोक्ता मूल्य सूचकांक वार्षिक रूपमा ४.९ प्रतिशत पुगेको छ, जुन बजारको अपेक्षाभन्दा बढी हो । यसले केन्द्रीय बैंकलाई ब्याजदर बढाउन दबाब पर्न सक्ने अनुमान गरिएको छ । यसको विपरीत भारतको सेन्सेक्स परिसूचक २.४ प्रतिशतले बढेको छ । यो पछिल्लो छ महिनाकै उच्च स्तर हो । अमेरिकी बजारमा मंगलबार एसएन्डपी ५०० परिसूचक ०.५ प्रतिशतले घट्दै पछिल्ला नौ कारोबार दिनमध्ये आठौँ पटक ओरालो लागेको थियो । नास्डाक कम्पोजिट १.५ प्रतिशतले घट्दा डाउ जोन्स इन्डस्ट्रियल एभरेज भने ०.९ प्रतिशतले बढेको थियो । एआई कम्पनीका सेयरमा देखिएको उतारचढावले विश्वव्यापी बजारमा लगानीकर्ताको अनिश्चितता बढाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
केन्यामा २०० बालबालिकाको सामूहिक हत्याका दोषी धर्मगुरु थप अपराधमा पनि दोषी ठहर
Latest NewsJust now

केन्यामा २०० बालबालिकाको सामूहिक हत्याका दोषी धर्मगुरु थप अपराधमा पनि दोषी ठहर

नैरोबी । केन्यामा झन्डै २०० बालबालिकाको भोकै राखेर हत्या गरेको अभियोगमा २०० वर्षको जेल सजाय भोगिरहेका धर्मगुरु पल म्याकेन्जीलाई नयाँ मुद्दामा पनि दोषी ठहर गरिएको छ । म्याकेन्जीलाई बालबालिकामाथि क्रूर व्यवहार... ...

रातोपाटी
इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु
Latest NewsJust now

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

काठमाडौँ । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बुधबार साँझ कायरोको वर्राक क्षेत्रमा पर्ने रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो । आगो आसपासबाट गुज्रिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई ...

लुम्बिनी सञ्चार
नारायणगढ–हेटौँडा सडक स्तरोन्नति गर्न ५१ कम्पनी इच्छुक, प्रतिस्पर्धामा भारतीय र चिनियाँ
Latest NewsJust now

नारायणगढ–हेटौँडा सडक स्तरोन्नति गर्न ५१ कम्पनी इच्छुक, प्रतिस्पर्धामा भारतीय र चिनियाँ

पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–हेटौँडा सडक खण्ड विस्तार गर्न ५१ कम्पनी इच्छुक देखिएका छन्। ७० किलोमिटर सडक खण्डलाई ३ प्याकेजमा विभाजन गरेर स्तरोन्नतिका लागि आह्वान गरिएको ठेक्कामा ५१ निर्माण व्यवसायीले प्रस्ताव पेस गरेका हुन्। सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का अनुसार टेन्डर हाल्ने अधिकांश कम्पनी चिनियाँ र भारतीय छन्। तीमध्ये केहीले स्वदेशी निर्माण व्... ...

नेपालखबर
वन्यजन्तुको क्षति रोक्न वर्षेनि लाखौँ खर्च, घटेन वन्यजन्तु र मानव द्वन्द्व
Latest NewsJust now

वन्यजन्तुको क्षति रोक्न वर्षेनि लाखौँ खर्च, घटेन वन्यजन्तु र मानव द्वन्द्व

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तु मानव बस्तीमा प्रवेश गरेर जनधन तथा अन्नबालीमा क्षति पुर्‍याउने क्रम रोकिएको छैन। निकुञ्जको मध्यवर्ती क्षेत्रसँगै आसपासका अन्य मानव बस्तीमा समेत वन्यजन्तुको प्रवेश र त्यसबाट हुने क्षतिका घटना निरन्तर भइरहेका छन्। वन्यजन्तुले पुर्‍याएको क्षतिबापत निकुञ्जले वर्षेनि लाखौँ रुपैयाँ राहत तथा क्षतिपूर्ति वितरण गर्दै आए पनि मानव–वन्यजन्तु द्वन्द्व भने कम हुन सकेको छैन। निकुञ्ज कार्यालयका अनुसार चालु ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement