Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बुधबार साँझ कायरोको वर्राक क्षेत्रमा पर्ने रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो । आगो आसपासबाट गुज्रिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि नजिकका अस्पतालमा उपचार गरिएको छ । सरकारी अखबार अल–अहरामका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको पाइएको छ । त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र पेट्रोल सडकमा पोखिएपछि आगलागी भएको बताइएको छ । घटनाको आधिकारिक कारणबारे भने अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बराबरीमा रोकियो पीएसजी
Latest NewsJust now

बराबरीमा रोकियो पीएसजी

काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब रोमासँग २–२ को बराबरी खेलेको छ । बुधबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीका इलिया जाबार्नी र ओस्माने डेम्बेलेले गोल गरे । रोमाका मारियो हर्मोसो र डोनेल मालेनले गेल गरे । खेलको पाँचौँ मिनेटमै हर्मोसोको गोलमार्फत रोमाले अग्रता लिएको थियो । ३१औँ मिनेटमा जाबार्नीले फ्रेन्च क्लब पीएसजीलाई ...

केन्द्रबिन्दु
बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफ इच्छुक
Latest NewsJust now

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफ इच्छुक

काठमाडौं, मङ्सिर १० गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबा... ...

गोरखापत्र
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
Latest NewsJust now

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

गण्डकी। न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्बिरहरू राखिएका छन् । तस्बिर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement