Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

Share:WhatsAppFacebookX (Twitter)Telegram
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
Photo / Coverage: नेपालन्युज

गण्डकी। न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्बिरहरू राखिएका छन् । तस्बिर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार चार सयभन्दा बढी तस्बिर प्रदर्शनीमा राखिएका छन् । महिलाको इतिहास, सङ्घर्ष र योगदानलाई सार्वजनिक स्मृतिमा स्थापित गर्ने उद्देश्यले तस्बिर प्रदर्शनीको आयोजना गरिएको उनको भनाइ छ । नेपाल पिक्चर लाइब्रेरीले अभिलेख गरेका तस्बिर मध्येबाट महिला आन्दोलन र सशक्तिकरणसँग सम्बन्धित तस्बिरलाई प्रदर्शनीमा राखिएको समन्वय संयोजक नेपालीले बताइन्। ‘सार्वजनिक जीवनमा महिलाको भूमिका, योगदान र सङ्घर्षलाई तस्बिर–कथामार्फत देखाउन खोजिएको छ,’ उनले भनिन्, ‘यसले महिला इतिहासलाई संरक्षित गर्दै महिलावादी अठोटलाई कायम राख्न मद्दत पुर्याउने हाम्रो विश्वास छ ।’ तस्बिर प्रदर्शनीलाई जनतामाझ महिला, महिलाका रचना, टुकी मुनिको उज्यालोमा पढ्दै, महिलाका लागि महिला आदि गरी विभिन्न भागमा बाँडिएको छ । तस्बिरसँगै त्यसको एतिहासिक सन्दर्भ र पृष्ठभूमि उल्लेख गरिएको छ । राणा शासनकालमा महिलाले गरेका सङ्घर्षदेखि माओवादी जनयुद्धमा महिलाले गरेको बलिदानका गाथासम्मलाई तस्बिर–कथामा समेटिएको छ । तस्बिर प्रदर्शनी आगामी शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसअघि वीरगन्ज, जनकपुर, नेपालगन्ज, सुर्खेतलगायत ठाउँमा तस्बिर प्रदर्शनीको आयोजना गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
निरन्तर प्रयास अपरिहार्य
Latest NewsJust now

निरन्तर प्रयास अपरिहार्य

कपितय विश्व प्रयास निर्धारित समयमा निष्कर्षमा पुग्दैनन् । कुनै प्रयासले निर्धारित समयमा सार्थकता पाउन नसके पनि निरन्तर पहलले लक्ष्यमा पुग्न सकिन्छ । टर्किएको अन्ताल्यामा सम्पन्न सं... ...

गोरखापत्र
अमेरिकी बजारमा प्रविधि कम्पनीको सेयरमा गिरावट बढ्दो
Latest NewsJust now

अमेरिकी बजारमा प्रविधि कम्पनीको सेयरमा गिरावट बढ्दो

काठमाडौं । यान्त्रिक बौद्धिकता (एआई)सँग सम्बन्धित ठूला प्रविधि कम्पनीहरूको सेयर मूल्यमा बुधबार पनि गिरावट आएको छ । सुरुवाती कारोबारमा एनभिडिया र एन्थ्रोपिकको सेयरमा तीव्र गिरावट आएको हो । अमेरिकी सेयर बजारका तीनवटै प्रमुख सूचकांक ओरालो लाग्दा प्रविधि क्षेत्रको बाहुल्यता रहेको नास्डाक झण्डै चार प्रतिशतले घटेको बीबीसीले उल्लेख गरेको छ । लगानीकर्ताहरू एआईको दिगोपनबारे सशंकित सेयर बजारमा गिरावट आएको विश्लेषण भइरहेको ...

केन्द्रबिन्दु
राष्ट्रिय खेलकुदमा आज आठ खेलमा प्रतिस्पर्धा हुँदै
Latest NewsJust now

राष्ट्रिय खेलकुदमा आज आठ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं – दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज विभिन्न आठ खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिताअन्तर्गत महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, पौडी, टेनिस, बक्सिङ, जिम्न्यास्टिक र पुरुष क्रिकेटका खेल सञ्चालन हुन लागेका हुन् । आज वीरेन्द्रनगर रंगशालामा महिला क्रिकेट र महिला बास्केटबलका खेल हुनेछन् । दुवै खेल बिहान ९ बजे सुरु हुने तालिका छ । यस्तै, सुर्खेतको मुख्य रंगशालामा पुरुष फुटबलका खेल ...

विश्वखबर
स्वनिर्भर अर्थतन्त्रको जग
Latest NewsJust now

स्वनिर्भर अर्थतन्त्रको जग

नेपालको सार्वजनिक खरिद प्रक्रियामा हरेक वर्ष अर्बौं रुपियाँ आयातित सामग्री, सेवा र प्रविधिका माध्यमबाट बिदेसिने गरेको छ । विकासनिर्माणका नाममा बाह्य मुलुकमा निर्भर रहनुपर्ने विडम्ब... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement