Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

वन्यजन्तुको क्षति रोक्न वर्षेनि लाखौँ खर्च, घटेन वन्यजन्तु र मानव द्वन्द्व

Share:WhatsAppFacebookX (Twitter)Telegram
वन्यजन्तुको क्षति रोक्न वर्षेनि लाखौँ खर्च, घटेन वन्यजन्तु र मानव द्वन्द्व
Photo / Coverage: केन्द्रबिन्दु

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तु मानव बस्तीमा प्रवेश गरेर जनधन तथा अन्नबालीमा क्षति पुर्‍याउने क्रम रोकिएको छैन। निकुञ्जको मध्यवर्ती क्षेत्रसँगै आसपासका अन्य मानव बस्तीमा समेत वन्यजन्तुको प्रवेश र त्यसबाट हुने क्षतिका घटना निरन्तर भइरहेका छन्। वन्यजन्तुले पुर्‍याएको क्षतिबापत निकुञ्जले वर्षेनि लाखौँ रुपैयाँ राहत तथा क्षतिपूर्ति वितरण गर्दै आए पनि मानव–वन्यजन्तु द्वन्द्व भने कम हुन सकेको छैन। निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म वन्यजन्तुले पशुधन, घरगोठ र अन्नबालीमा पुर्‍याएको क्षतिबापत ६ लाख ४० हजार रुपैयाँ राहत वितरण गरिएको छ। यस अवधिमा वन्यजन्तुबाट मानवीय क्षतिको कुनै घटना भएको छैन। पशुधन, घरगोठ र अन्नबालीमा भएको क्षतिको मूल्यांकनका आधारमा उक्त राहत रकम वितरण गरिएको निकुञ्जका संरक्षण तथा सूचना अधिकृत मनोज मण्डलले जानकारी दिए। गत आर्थिक वर्षमा भने वन्यजन्तुबाट भएका २ सय ५५ घटनामा पीडितलाई २६ लाख ५८ हजार ४ सय ६८ रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको थियो। क्षतिको प्रकृतिअनुसार सबैभन्दा बढी अन्नबालीमा क्षति पुगेका १ सय ८७ घटना थिए। त्यस्तै, पशुधनमा क्षति पुगेका ६०, घरगोठमा क्षति पुगेका दुई, भण्डारण गरिएको अन्नमा क्षति पुगेका दुई र कुखुरा मारिएका एक घटना अभिलेखमा छन्। मानवीयतर्फ सामान्य घाइते भएको एक र सख्त घाइते भएको एक घटना पनि निकुञ्जको तथ्यांकमा उल्लेख छ। निकुञ्ज कार्यालयको तथ्यांकले हात्ती र जंगली बँदेलबाट हुने क्षति बढी रहेको देखाउँछ। गत आर्थिक वर्षमा हात्तीबाट मात्रै ७८ घटना भएका थिए। जंगली बँदेलबाट ६९ र चितुवाबाट ५० घटना भएका छन्। नीलगाईबाट २६ तथा बाँदरबाट १८ घटना भएका थिए। बाघबाट १०, गैँडाबाट दुई तथा भालु र अजिंगरबाट एक–एक घटना भएको निकुञ्जको अभिलेख छ। वन्यजन्तुको प्रजातिअनुसार र क्षतिको प्रकृतिअनुसार निकुञ्जले छुट्टाछुट्टै तथ्यांक राखेको छ। यी दुवै विवरणमा उल्लेख भएका घटना र क्षतिपूर्तिको रकम भने एउटै हुन्। त्यसैले वन्यजन्तुअनुसारको घटना संख्या र क्षतिको प्रकृतिअनुसारको घटना संख्या जोडेर कुल घटना संख्या निकाल्न मिल्दैन। तथ्यांकअनुसार हात्ती, जंगली बँदेल र चितुवाबाट हुने क्षति उल्लेख्य छ। विशेषगरी खेतीपातीको समयमा अन्नबालीमा हुने क्षति र पशुधनमाथि हुने आक्रमणले मध्यवर्ती क्षेत्रका बासिन्दा प्रभावित हुँदै आएका छन्। वन्यजन्तु बस्तीमा प्रवेश गर्दा स्थानीयले बालीनाली र पशुधनको क्षति बेहोर्नुपरेको छ भने कतिपय अवस्थामा मानवीय क्षतिको जोखिमसमेत देखिएको छ। वन्यजन्तुको बासस्थान, आहारको उपलब्धता, मानव बस्ती तथा खेतीयोग्य जमिनसँगको निकटता र वन्यजन्तुको आवागमनका कारण मानव–वन्यजन्तु द्वन्द्व चुनौतीका रूपमा रहँदै आएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्रबाहिरका बस्तीमा समेत वन्यजन्तु पुगेर क्षति पुर्‍याउने गरेका छन्। वन्यजन्तु संरक्षणसँगै स्थानीय बासिन्दाको जनधन र जीविकोपार्जन सुरक्षित राख्नु निकुञ्ज व्यवस्थापनका लागि उत्तिकै चुनौतीपूर्ण बनेको छ। निकुञ्जले वन्यजन्तुबाट भएको क्षतिको मूल्यांकन गरी राहत तथा क्षतिपूर्ति वितरण गर्दै आएको भए पनि यसले क्षतिपछि पीडितलाई आर्थिक सहयोग उपलब्ध गराउने काम मात्रै गर्छ। बस्तीमा वन्यजन्तुको प्रवेश रोक्ने, जोखिमयुक्त क्षेत्रमा पूर्वसावधानी अपनाउने र सम्भावित क्षति न्यूनीकरण गर्ने प्रभावकारी उपायबिना द्वन्द्व नियन्त्रण कठिन देखिन्छ। मण्डलका अनुसार निकुञ्ज कार्यालयले वन्यजन्तुबाट भएको क्षतिको अभिलेख राख्ने र निर्धारित प्रक्रियाअनुसार पीडितलाई राहत वितरण गर्दै आएको छ। वन्यजन्तु संरक्षणको दायित्वसँगै मानव बस्तीमा तिनबाट उत्पन्न हुने जोखिम व्यवस्थापन गर्नु पनि निकुञ्जका लागि प्रमुख चुनौती बनेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बराबरीमा रोकियो पीएसजी
Latest NewsJust now

बराबरीमा रोकियो पीएसजी

काठमाडौं । साबिक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा इटालियन क्लब रोमासँग २–२ को बराबरी खेलेको छ । बुधबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पीएसजीका इलिया जाबार्नी र ओस्माने डेम्बेलेले गोल गरे । रोमाका मारियो हर्मोसो र डोनेल मालेनले गेल गरे । खेलको पाँचौँ मिनेटमै हर्मोसोको गोलमार्फत रोमाले अग्रता लिएको थियो । ३१औँ मिनेटमा जाबार्नीले फ्रेन्च क्लब पीएसजीलाई ...

केन्द्रबिन्दु
बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफ इच्छुक
Latest NewsJust now

बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्य गर्न युनिसेफ इच्छुक

काठमाडौं, मङ्सिर १० गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबिच बालबा... ...

गोरखापत्र
तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष
Latest NewsJust now

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

गण्डकी। न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले गरेका सङ्घर्ष र योगदानलाई झल्काउने गरी पोखरामा बुधबारदेखि ‘सार्वजनिक जीवनमा महिला ः महिलावादी स्मृतिको एक पहल’ तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । फोटो सर्कलअन्तर्गत नेपाल पिक्चर लाइब्रेरीद्वारा लेकसाइडको बाराहीघाटमा आयोजित उक्त प्रदर्शनीमा राजनीति, शिक्षा, साहित्यलगायत क्षेत्रमा योगदान पुर्याएका नेपाली महिलाका कथा समेटिएका तस्बिरहरू राखिएका छन् । तस्बिर प्रदर्शनीको संयोजक सम्झना नेपालीका अनुसार ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement