Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान

एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान

जापानले विश्वभर इन्टरनेटमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा देखिएका कमजोरीका कारण साइबर आक्रमणको जोखिम बढेपछि प्रविधि प्रणालीका कमजोरी पत्ता लगाउन कृत्रिम बुद्धिमता प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्ने शुक्रबार जनाएको छ। व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी सार्वजनिक भएपछि यसै साता विश्वभरका सरकारी तथा कम्पनीका वेबसाइटहरू बन्द भएका थिए। ती कमजोरी सार्वजनिक भएपछि लाखौँ पटक ह्याकिङ प्रयास भएका थिए। त्यसपछि वेबसाइट सञ्चालकहरूले आफ्ना प्रणाली सुरक्षित गर्न वा अस्थायी रूपमा बन्द गर्न हतारमा कदम चालेका थिए। यसबाट परेको असरलाई देखाउँदै जापानी मोबाइल सेवा प्रदायक सफ्टबैंकले शुक्रबार मोबाइल प्रयोगकर्ताका लागि आपत्कालीन सूचना प्रणाली अस्थायी रूपमा बन्द गर्ने जनाएको छ। पीएचपीमा देखिएको सुरक्षा कमजोरी समाधान गर्न प्रणालीको मर्मत भइरहेकाले ग्राहकहरूले भूकम्पको पूर्वसूचना, सुनामीसम्बन्धी चेतावनी तथा विपद् र सुरक्षित स्थानमा जानुपर्ने सूचनाहरू प्राप्त गर्न नसक्ने सफ्टबैंकले जनाएको छ। जापानका उद्योगमन्त्री रियोसेई अकाजावाले शुक्रबार भने, “आक्रमणकारीले एउटा मात्रै कमजोरीको फाइदा उठाएर आक्रमण सफल बनाउन सक्छन्। त्यसैले हामीले आफ्नो सोच बदल्न र आक्रमणकारीको दृष्टिकोणबाट पनि सोच्न आवश्यक छ।” उनले भने, “साइबर आक्रमणबाट बचाउने पक्षले पनि कृत्रिम बुद्धिमताको प्रयोग गर्नुपर्छ र एक कदम अगाडि रहेर सक्रिय रूपमा प्रतिक्रिया दिनुपर्छ।” रोयटर्सका अनुसार यसै साता टोकियोदेखि हेलसिन्कीसम्म बैंकिङ, हवाई सेवा, रेल, कर तथा सरकारी सेवाहरू आपत्कालीन रूपमा बन्द गरिएका थिए। यसले इन्टरनेट सञ्चालनमा सहयोग गर्ने दशकौँ पुराना प्रोग्रामिङ उपकरणहरूको ठूलो परीक्षा लिएको छ। नोमुरा, मित्सुबिसी यूएफजे फाइनान्सियल ग्रुप, एएनए एयरलाइन्स र इस्ट जापान रेलवे (जेआर इस्ट) लगायतका कम्पनीहरूले आपत्कालीन उपायस्वरूप आफ्ना केही इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरेका थिए। जापानको अर्थ मन्त्रालय, राष्ट्रिय कर एजेन्सी र मौसम विज्ञान एजेन्सीले पनि आफ्ना केही अनलाइन सेवा बन्द गरेका थिए। शुक्रबार जेआर इस्टले आफ्नो समूहअन्तर्गतका केही सेवा पुनः सञ्चालनमा आएको र अन्य सेवा सुरक्षित रहेको पुष्टि भएपछि मात्रै सञ्चालनमा ल्याइने जनाएको छ। निप्पोन पेन्टले भने सावधानीका रूपमा सुरक्षा प्याच लागू गरेपछि आफ्नो वेबसाइट पुनः सञ्चालनमा आएको जनाएको छ। ट्रेन्ड माइक्रोका प्रमुख कार्यकारी अधिकृत इभा चेनका अनुसार जापानी कम्पनीहरूका विस्तृत अभिलेखका कारण आक्रमणकारीहरूले उनीहरूलाई लक्षित गरिरहेको हुन सक्छ। कृत्रिम बुद्धिमताका कारण अब भाषाको अवरोधले त्यस्ता अभिलेखलाई सुरक्षित राख्न नसक्ने अवस्था आएको उनले बताइन्। उनका अनुसार जापानले आफ्नो विद्यमान प्रविधि पूर्वाधारलाई पर्याप्त सुरक्षित ठानेर त्यसप्रति बढी ढुक्क हुने गल्ती गरेको छ। साइबर सुरक्षा विज्ञहरूका अनुसार कृत्रिम बुद्धिमताले आक्रमणकारीहरूलाई सफ्टवेयरका कमजोरी पत्ता लगाउनेदेखि नक्कली सन्देशमार्फत प्रयोगकर्तालाई झुक्याउने अभियान तयार पार्नेसम्मका काम स्वचालित बनाउन सहयोग गरिरहेको छ। यसले साइबर अपराधलाई छिटो, सस्तो र पत्ता लगाउन कठिन बनाएको छ। एचटीएमएल र पाइथनजस्तै पीएचपी पनि कम्प्युटिङमा प्रयोग हुने प्रोग्रामिङ भाषा हो। यसका विकासकर्ताहरूले वर्षौँदेखि सफ्टवेयरमा रहेका तर कृत्रिम बुद्धिमताको प्रयोगबाट हालै पत्ता लागेका सुरक्षा कमजोरी समाधान गर्न बुधबार अद्यावधिक संस्करण सार्वजनिक गरेका थिए। उनीहरूले प्रयोगकर्तालाई तत्काल आफ्नो सफ्टवेयर अद्यावधिक गर्न आग्रह गरेका छन्। The post एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

नेपाल राष्ट्र बैंकको वेबसाइट बन्द: PHP सुरक्षा जोखिम र वित्तीय क्षेत्रका लागि महत्वपूर्ण साइबर सुरक्षा निर्देशिका
प्रविधिJust now

नेपाल राष्ट्र बैंकको वेबसाइट बन्द: PHP सुरक्षा जोखिम र वित्तीय क्षेत्रका लागि महत्वपूर्ण साइबर सुरक्षा निर्देशिका

६ कात्तिक, काठमाडौं। वेब प्रविधि (PHP) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ। यस घटनाले डिजिटल बैंकिङ र वित्तीय प्रणालीको सुरक्षामा गम्भीर प्रश्न उठाएको छ। यस लेखमा हामी यस सुरक्षा जोखिम, राष्ट्र बैंकको अपिल र अपनाउनुपर्ने सुरक्षा उपायहरूबारे चर्चा गर्नेछौं। […] The post नेपाल राष्ट्र ...

आइसिटी फ्रेम
ओपनएआईले आफ्ना उन्नत एआई मोडल गुगल क्लाउडमार्फत उपलब्ध गराउने
प्रविधिJust now

ओपनएआईले आफ्ना उन्नत एआई मोडल गुगल क्लाउडमार्फत उपलब्ध गराउने

ओपनएआईले आफ्ना उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडल र कोड लेख्ने एआई सहायक कोडेक्स आगामी केही साताभित्र गुगल क्लाउडमार्फत उपलब्ध गराउने भएको छ। दुई कम्पनीले बुधबार यसबारे जानकारी दिएका हुन्। यस सम्झौताले प्रतिस्पर्धी रहेका दुई कम्पनीबीचको सहकार्य थप विस्तार गरेको छ। सम्झौताअनुसार ओपनएआईका जीपीटी–६ एस्ट्राजस्ता नयाँ मोडल गुगल क्लाउडको मोडल गार्डेनमा उपलब्ध हुनेछन्। ग्राहकले गुगल क्लाउड मार्केटप्लेसमार्फत यी मोडल खरिद गर्न सक्नेछन्। साथै, गुगल ...

टेक्नोलोजी खबर
क्रोएसियाले एआई क्षेत्रमा करिब एक अर्ब यूरो लगानी गर्ने
प्रविधिJust now

क्रोएसियाले एआई क्षेत्रमा करिब एक अर्ब यूरो लगानी गर्ने

क्रोएसियाले सन् २०३२ सम्म कृत्रिम बुद्धिमत्ता (एआई) विकासका लागि ९३ करोड २० लाख यूरो लगानी गर्ने योजना बनाएको छ। यसमा क्रोएसियाली भाषाका लागि ठूलो भाषा मोडेल निर्माण गर्ने र ई–सिटिजन प्रणालीमा कृत्रिम बुद्धिमत्ता सहायक विकास गर्ने योजना पनि समावेश छ। क्रोएसियाका न्याय, प्रशासन तथा डिजिटल रूपान्तरणमन्त्री दामिर हाबियानले शुक्रबार सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्ता विकाससम्बन्धी राष्ट्रिय योजनामा यस्तो व्यवस्था गरिएको छ। सन् २०३२ ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play