Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/क्रोएसियाले एआई क्षेत्रमा करिब एक अर्ब यूरो लगानी गर्ने

क्रोएसियाले एआई क्षेत्रमा करिब एक अर्ब यूरो लगानी गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
क्रोएसियाले एआई क्षेत्रमा करिब एक अर्ब यूरो लगानी गर्ने

क्रोएसियाले सन् २०३२ सम्म कृत्रिम बुद्धिमत्ता (एआई) विकासका लागि ९३ करोड २० लाख यूरो लगानी गर्ने योजना बनाएको छ। यसमा क्रोएसियाली भाषाका लागि ठूलो भाषा मोडेल निर्माण गर्ने र ई–सिटिजन प्रणालीमा कृत्रिम बुद्धिमत्ता सहायक विकास गर्ने योजना पनि समावेश छ। क्रोएसियाका न्याय, प्रशासन तथा डिजिटल रूपान्तरणमन्त्री दामिर हाबियानले शुक्रबार सार्वजनिक गरेको कृत्रिम बुद्धिमत्ता विकाससम्बन्धी राष्ट्रिय योजनामा यस्तो व्यवस्था गरिएको छ। सन् २०३२ सम्म कुल ९३ करोड २१ लाख यूरो लगानी हुने अनुमान गरिएको छ। सन् २०२८ सम्मको अवधिलाई समेट्ने पहिलो कार्ययोजनाका लागि ३८ करोड २१ लाख यूरो छुट्याइएको छ। पहिलो कार्ययोजनामा ३३ वटा उपाय समावेश छन्। यसअन्तर्गत अधिकांश रकम वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र आर्थिक विकासमा खर्च गरिनेछ। हाबियानले क्रोएसियासँग आवश्यक ज्ञान, डिजिटल पूर्वाधार र कृत्रिम बुद्धिमत्ताका सफल प्रारम्भिक प्रयोगहरू रहेको बताए। तर देशले अझै यसको सम्भावनाको पूर्ण उपयोग गर्न नसकेको उनको भनाइ छ। टेलिग्राफका अनुसार पहिलो कार्ययोजनाअन्तर्गत कम्प्युटर तथा डाटा पूर्वाधार विकासका लागि १३ करोड ९० लाख यूरो छुट्याइएको छ। क्रोएसियाली भाषामा आधारित प्रविधि विकासमा विशेष ध्यान दिइनेछ। यसअन्तर्गत नागरिक र देशको अर्थतन्त्रको आवश्यकताअनुसार अनुकूलित हुने ठूलो भाषा मोडेल निर्माण गरिनेछ। सार्वजनिक सेवामा पनि कृत्रिम बुद्धिमत्ता प्रयोग गर्ने योजना छ। यसको प्रमुख परियोजनामध्ये एक ई–सिटिजन प्रणालीमा सहायक विकास गर्नु हो। यसले नागरिकलाई सूचना र प्रशासनिक सेवामा पहुँच प्राप्त गर्न सहज बनाउने लक्ष्य राखेको छ। न्याय प्रणालीका अधिकारीहरूको काममा सहयोग पुर्‍याउन पनि यो प्रविधि प्रयोग गर्ने योजना छ। यद्यपि, अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता निर्णय लिने प्रक्रियामा मानिसको विकल्प नभई सहयोगी उपकरणका रूपमा प्रयोग हुनुपर्नेमा जोड दिएका छन्। योजनाअनुसार सन् २०२८ सम्म ७ हजार नागरिक, १० हजार शिक्षक र ५ हजार सरकारी कर्मचारीलाई कृत्रिम बुद्धिमत्तासम्बन्धी आधारभूत ज्ञान प्रदान गरिनेछ। यो रणनीति चार प्रमुख उद्देश्यमा आधारित छ। यसमा मानव सीप र क्षमता विकास, पूर्वाधार तथा डाटामा पहुँच सुधार, कृत्रिम बुद्धिमत्ताको नैतिक र कानुनी प्रयोग तथा अनुसन्धान, नवप्रवर्तन र अर्थतन्त्रमा यसको प्रयोगलाई प्रवर्द्धन गर्ने विषय समावेश छन्। यो योजना तयार पार्न ५५ संस्थाका १३३ जना विषयविज्ञ सम्मिलित कार्यदलले काम गरेको थियो। यस क्रममा ८० भन्दा बढी बैठक भएका थिए। राष्ट्रिय योजना र कार्ययोजनाबारे सार्वजनिक परामर्श ३० दिनसम्म चल्नेछ। मन्त्री हाबियानले नागरिक, संस्था र व्यवसायहरूलाई आफ्ना प्रस्ताव तथा सुझाव पेस गर्न आग्रह गरेका छन्। यसैबीच, क्रोएसियाली सरकारले जुलाईमा राष्ट्रिय पुनरुत्थान तथा उत्थानशीलता योजनाअन्तर्गत देशको पहिलो कृत्रिम बुद्धिमत्ता कारखाना स्थापना गर्न ३ करोड ९० लाख यूरो अनुदान सुनिश्चित गरेको थियो। साथै, भविष्यमा स्थापना हुने युरोपेली कृत्रिम बुद्धिमत्ता कारखानामा सहभागिताका लागि थप एक करोड यूरो पनि सुनिश्चित गरिएको थियो। The post क्रोएसियाले एआई क्षेत्रमा करिब एक अर्ब यूरो लगानी गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान
प्रविधिJust now

एआई प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्दै जापान

जापानले विश्वभर इन्टरनेटमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा देखिएका कमजोरीका कारण साइबर आक्रमणको जोखिम बढेपछि प्रविधि प्रणालीका कमजोरी पत्ता लगाउन कृत्रिम बुद्धिमता प्रयोग गरेर साइबर आक्रमणको अभ्यास गर्ने टोली गठन गर्ने शुक्रबार जनाएको छ। व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी सार्वजनिक भएपछि यसै साता विश्वभरका सरकारी तथा कम्पनीका वेबसाइटहरू बन्द भएका थिए। ती कमजोरी सार्वजनिक भएपछि लाखौँ पटक ह्याकिङ ...

टेक्नोलोजी खबर
उत्तर कोरियाको इन्टरनेटमा डीडीओएस साइबर आक्रमण भएको नेटवर्क निगरानी कम्पनीको भनाइ
प्रविधिJust now

उत्तर कोरियाको इन्टरनेटमा डीडीओएस साइबर आक्रमण भएको नेटवर्क निगरानी कम्पनीको भनाइ

अमेरिकी नेटवर्क निगरानी कम्पनी केन्टिकको विश्लेषणअनुसार साइबर आक्रमणका कारण उत्तर कोरियाको इन्टरनेट सेवामा पटकपटक अवरोध आएको हुन सक्छ। यसका कारण यो साता देशका राज्यनियन्त्रित केही वेबसाइटहरू बन्द भएका थिए। केन्टिकका इन्टरनेट विश्लेषण निर्देशक डग म्याडोरीले शुक्रबार रोयटर्सलाई बताएअनुसार मंगलबारदेखि सुरु भएको ३२ घण्टाको अवधिमा उत्तर कोरियाका धेरै वेबसाइटमा अवरोध देखिएको थियो। यही समयमा उत्तर कोरियाको इन्टरनेटमा भियतनाम र फिलिपिन्सलगायतका स्थानबाट पटकपटक ...

टेक्नोलोजी खबर
साइबर जोखिमले सरकारीदेखि बैंकका वेबसाइटसम्म बन्द, के सुरक्षित छन् ग्राहकका पैसा र विवरण ?
प्रविधिJust now

साइबर जोखिमले सरकारीदेखि बैंकका वेबसाइटसम्म बन्द, के सुरक्षित छन् ग्राहकका पैसा र विवरण ?

काठमाडौं । बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलगायत विभिन्न सरकारी निकायका वेबसाइट एकपछि अर्को बन्द हुन थालेपछि डिजिटल सेवाको सुरक्षाबारे चासो बढेको छ । वेबसाइट सञ्चालनमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पीएचपी (PHP) मा गम्भीर सुरक्षा कमजोरी देखिएपछि सम्भावित साइबर आक्रमण रोक्न सम्बन्धित निकायले सावधानीस्वरूप वेबसाइट अस्थायी रूपमा अफलाइन राखेका हुन् ।वेबसाइट बन्द भएपछि ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play