काठमाडौं । ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। बिहीबार अदालतले ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो। ईनमसँगको सम्बन्ध खुलेपछि प्रहरीले महेश श्रेष्ठ र सुशील भट्टलाई पनि पक्राउ गरेको थियो। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। प्रहरीले ईनमविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ। अन्य दुई जनामाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएपछि प्रहरीले सबैभन्दा पहिले ईनमलाई पक्राउ गरेको थियो। त्यसपछि अनुसन्धानका क्रममा अन्य दुई जनालाई पनि नियन्त्रणमा लिइएको हो। प्रहरीले तीनै जनामाथि थप अनुसन्धान जारी राखेको जनाएको छ।
ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

Read Complete Original Article
Published originally on नेपालन्युज






