Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस
Photo / Coverage: नेपालन्युज

काठमाडौं । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले उक्त सिफारिस गर्ने निर्णय गरेको हो। समितिका अनुसार ४८ जिल्लाबाट यकिन भएका ३ हजार २९२ नेपाली नागरिक र सात विदेशी नियोगबाट प्राप्त विवरणअनुसार ६२३ विदेशी नागरिक गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरिएको हो। यससम्बन्धी अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ। विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ। यसअघि बेपत्ता नेपाली नागरिकका हकमा स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो। विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकका नेपालस्थित कूटनीतिक नियोगबाट सूची प्राप्त गरिएको थियो। यसैबीच, समितिको बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३–२०८७’ स्वीकृत गरेको छ। यसमार्फत २०८७ सालसम्म नेपालका सबै समुदायमा विपद् पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ। त्यस्तै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४–२०९१/९२ पनि स्वीकृत गरेको छ। यसका साथै वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ समेत बैठकबाट पारित गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
श्रमिक ठगी आरोपको अनुसन्धान फैलिँदै, २ महिनादेखि मलेसियाको रोजगारी ठप्प
Latest NewsJust now

श्रमिक ठगी आरोपको अनुसन्धान फैलिँदै, २ महिनादेखि मलेसियाको रोजगारी ठप्प

बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी अनुसन्धानमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि पक्राउ, प्रहरीले मेडिकल परीक्षण गर्ने व्यवसायीलाई पक्राउ गरेलगत्तैदेखि नेपाली श्रमिक मलेसिया जान बन्द ...

कान्तिपुर
सीमा अपराध नियन्त्रणमा स्थानीयको सहयोग अपरिहार्य
Latest NewsJust now

सीमा अपराध नियन्त्रणमा स्थानीयको सहयोग अपरिहार्य

रौतहट । सीमा सुरक्षा र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजको सहयोग र सहकार्य आवश्यक रहेको सशस्त्र प्रहरी बल नेपालका अधिकारीहरूले बताएका छन् । रौतहटको बौधीमाई नगरपालिका–७ स्थित... ...

रातोपाटी
साउदी अरबमा आक्रमण हुँदा एक नेपालीको मृत्यु, तीन घाइते
Latest NewsJust now

साउदी अरबमा आक्रमण हुँदा एक नेपालीको मृत्यु, तीन घाइते

काठमाडौं । साउदी अरबमा हालै भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। परराष्ट्र मन्त्रालयले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिएको हो। मन्त्रालयका अनुसार घाइतेमध्ये एक जना उपचारपछि निको भएका छन् भने दुई जनाको उपचार भइरहेको छ। मृतकको परिचय भने सार्वजनिक गरिएको छैन। मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। ...

नेपालन्युज
पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव
Latest NewsJust now

पोखरामा परम्परागत कृषि संस्कृति र पर्यटन प्रवर्द्धन गर्न दाइँ महोत्सव

कास्की । पोखराको परम्परागत कृषि प्रणाली, ग्रामीण जीवनशैली र स्थानीय उत्पादनको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यही मङ्सिर १२ गते तेस्रो दाइँ महोत्सव आयोजना हुने भएको छ । ‘पोखरा सबै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement