Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त पारिसकेको दाबी गर्दै अझै एक–दुई वटा लक्ष्यमा आक्रमण गर्न बाँकी रहेको बताएका छन्। तीमध्ये ‘पिकएक्स माउन्टेन’ नामक शंकास्पद आणविकस्थल पनि रहेको उनले उल्लेख गरेका छन्। ट्रम्पले शनिबार फेब्रुअरीको अन्त्यमा अमेरिका र इजरायलले सुरु गरेको युद्ध अन्त्य गर्न इरानसँग भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए। यद्यपि, उनले इरानलाई पूर्ण रूपमा विश्वास गर्न नसकिने टिप्पणी गरे। अमेरिका तत्काल थप सैन्य कारबाही गर्न हतारमा नरहेको दोहोर्‍याउँदै उनले इरानको सैन्य शक्ति र आणविक कार्यक्रमलाई ठूलो क्षति पु¥याइसकेको दाबी गरे। फ्लोरिडास्थित आफ्नो निवासमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हामीले उनीहरूको आणविक क्षमता ध्वस्त पारिसकेका छौं। अझै एक वा दुईवटा स्थललाई निशाना बनाउन बाँकी छ, तर हामी त्यो काम १० मिनेटमै गर्न सक्छौं।” ‘पिकएक्स माउन्टेन’को प्रसङ्ग उल्लेख गर्दै उनले उक्त स्थललाई पनि निशाना बनाउनु पर्ने बताए। सो स्थान भूमिगत आणविक परिसर भएको आशंका गरिएको छ। तर, इरानी सरकारले त्यहाँ कुनै पनि प्रकारको आणविक गतिविधि नरहेको दाबी गर्दै आएको छ। यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार राष्ट्रपति ट्रम्पले इरानमाथि थप आक्रमण गर्नेबारे कुनै निर्णय नगरेको बताए। उनले अमेरिकाले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पनि चाहेको स्पष्ट पारे। अमेरिकामा मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण हुन सक्ने ट्रम्पका चेतावनीबीच इरानका सर्वोच्च नेताले शनिबार अमेरिका र इजरायललाई नयाँ आक्रमण नगर्न चेतावनी दिएका छन्। ट्रम्पले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि थप सैन्य कारबाही हुन सक्ने संकेत गरेका छन्। यसअघि उनले इरानलाई पूर्ण रूपमा पराजित गर्ने वा नगर्ने भन्नेबारे विचार गरिरहेको बताएका थिए। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?
ताजा खबरJust now

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका ...

केन्द्रबिन्दु
सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री
ताजा खबरJust now

सल्यानमा केशर खेतीको परीक्षण सफल, प्रतिग्राम हजारमा बिक्री

छोटो समयमै आम्दानी र उच्च बजार मूल्य देखिएपछि स्थानीय किसानहरू परम्परागत बाली छाडेर केशरको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन्। ...

कान्तिपुर
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य
ताजा खबरJust now

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बङ्गलादेश र श्रीलङ्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play