Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्ने ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले फेरि सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन्। उनले इरानसँग सम्झौता हुन सक्ने सम्भावना पनि औँल्याएका छन्। शुक्रबार फ्लोरिडामा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिका फेरि ‘एपिक फ्युरी’ जस्तै छोटो सैन्य अभियान सञ्चालन गर्न सक्ने वा इरानसँग सम्झौता हुन सक्ने बताएका हुन्। ‘हामी फेरि अर्को छोटो ‘एपिक फ्युरी’ जस्तो अभियान चलाउन सक्छौँ वा उनीहरूले सम्झौता गर्न सक्छन्,’ ट्रम्पले भने। उनले इरानले समझदारी देखाउने हो भने गम्भीर वार्ता सुरु गर्ने प्रस्ताव अघि सार्नुपर्ने बताए। तर, इरानले त्यसो गर्नेमा आफूलाई शंका रहेको पनि उनले उल्लेख गरे। ट्रम्पले इरानको अर्थतन्त्र विश्वकै खराब अर्थतन्त्रमध्ये एक भएको दाबी गर्दै अमेरिकाले इरानलाई ठूलो क्षति पुर्‍याएको बताए। यसअघि शुक्रबार नै ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध चाँडै अन्त्य गर्न सक्ने बताएका थिए। तर, उनले युद्ध तत्काल अन्त्य गर्ने प्रयास गर्नु उचित हुन्छ वा संघर्षलाई बिस्तारै शान्त हुन दिनुपर्छ भन्ने प्रश्नसमेत उठाएका थिए। ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरानसँग वार्तामार्फत सम्झौता गर्ने सम्भावना र थप सैन्य कारबाहीको चेतावनी दुवैलाई सँगसँगै अघि सारेको देखिन्छ। बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

यमनमा पुनः चर्कियो द्वन्द्व
ताजा खबरJust now

यमनमा पुनः चर्कियो द्वन्द्व

साउदी अरब। यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको साउदी नेतृत्वको गठबन्धनले शनिबार जनाएको छ। साउदी राजधानी रियादमा शनिबार बिहान दुईवटा विस्फोटका आवाज सुनिएको एएफपीका एक पत्रकारले बताएका छन्। इरान समर्थित हुथी विद्रोहीहरूले पछिल्लो समय साउदी अरबमाथि निरन्तर आक्रमण गर्दै आएका छन्। साउदी नागरिक सुरक्षा निकायका अनुसार सम्भावित खतराबारे सर्वसाधारणलाई सचेत ...

नेपालन्युज
बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो
ताजा खबरJust now

बडादशैँ समापन नजिकिएसँगै राजधानी फर्किनेको घुइँचोः मुख्य नाकाहरूमा यात्रु तथा सवारी चाप बढ्यो

काठमाडौं । बडादशैँको बिदा सकिन लागेसँगै दसैँ मनाउन गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण काठमाडौं उपत्यका फर्किन थालेका छन्। राजधानी भित्रिने प्रमुख नाकाहरूमा यात्रुवाहक सवारीसाधन र यात्रुको चाप बढेको छ। काठमाडौं भित्रिने प्रमुख नाका कलङ्की, कोटेश्वर, बालाजु तथा भक्तपुरको जगाती क्षेत्रमा आइतबारदेखि सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था र व्यापार व्यवसाय खुल्न थालेसँगै राजधानी फर्किनेको चाप बढेको हो। विजयादशमीका दिनदेखि मान्यजनको हातबाट टीका, ...

लुम्बिनी सञ्चार
मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड
ताजा खबरJust now

मृत्युदण्डको कानुन ल्याउने बमकाण्ड

६ असार २०४२, दिउँसो करिब साढे एक बजे। सिंहदरबारस्थित राष्ट्रिय पञ्चायतको ग्यालरी बैठक भवनमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नाम टिपाउने क्रम चलिरहेको थियो। अघिल्लो दिन राजा वीरेन्द्रले राष्ट्रिय पञ्चायतलाई सम्बोधन गरेका थिए। त्यही सम्बोधनमा प्रस्तुत नीति तथा कार्यक्रमबारे बोल्न चाहने सदस्यहरू आफ्नो नाम लेखाउन भवनमा पुगेका थिए। राष्ट्रिय पञ्चायत सदस्य दीपबहादुर सिंह पनि नाम लेखाउन पुगेका थिए। उनीसँगै जाजरकोटबाट ...

नेपालन्युज
‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन
ताजा खबरJust now

‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्ष भयो, मर्मत गरिएन

तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आइसियू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर ब्याङ्ग्य गर्ने गरिन्छ’, उनले भने, ‘आइसियू नहुँदा यसरी बिरामी रेफर गर्नुपर्ने ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play