इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

अमेरिका।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमणले त्यहाँको आणविक क्षमता नष्ट गरेको दाबी गरेका छन्। उनले इरानलाई आणविक हतियार विकास गर्न वा प्रयोग गर्न दिनु विश्वका लागि गम्भीर जोखिम हुने तर्क गर्दै त्यसलाई रोक्न पूर्व सक्रिय सैन्य कारबाही आवश्यक भएको बताएका छन्। मिचिगनमा आयोजित चुनावी सभाअघि फक्स २ टेलिभिजनसँग कुरा गर्दै ट्रम्पले इरानसँग आणविक हतियार भए त्यसको प्रयोग हुन सक्ने दाबी गरे। आणविक द्वन्द्वबाट हुने सम्भावित मानवीय क्षति रोक्न आफूले पहिले नै कारबाही गरेको उनको भनाइ थियो। अमेरिकी आक्रमणले इरानको आणविक क्षमता आफूले अपेक्षा गरेभन्दा पनि बढी नष्ट गरेको उनले दाबी गरे। विश्वव्यापी ऊर्जा बजारमा अस्थिरता बढिरहेका बेला ट्रम्पले रणनीतिक महत्त्वको हर्मुज जलघाँटी हुँदै हुने तेल ढुवानी युद्ध सुरु हुनुअघिको स्तरभन्दा बढेको बताएका छन्। उनले यसका लागि अमेरिकी नौसेनाको नाकाबन्दी र सैन्य क्षमतालाई श्रेय दिए। ट्रम्पका अनुसार युद्धका कारण तेलको मूल्य केही बढ्ने उनलाई पहिले नै थाहा थियो। तर, अहिले हर्मुज जलघाँटी हुँदै बाहिरिने तेलको मात्रा युद्धअघिको भन्दा बढी रहेको उनले दाबी गरे। अमेरिकी नौसेना प्रभावकारी रहेको उल्लेख गर्दै उनले जलघाँटीमा जारी नाकाबन्दीले तेलको आवागमन कायम राख्न सहयोग गरेको बताए। यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरानविरुद्ध थप सैन्य कारबाही गर्नु तर्कसंगत नहुने बताएका छन्। उनले अर्को युद्ध सुरु भए पनि इरानको नीति परिवर्तन नहुने स्पष्ट पारे। इरानको समाचार संस्था आइएसएनएका अनुसार विदेश नीतिमा सहमति निर्माण गर्न सैयद कमल खर्राजीले निर्वाह गरेको भूमिकासम्बन्धी विशेष कार्यक्रम, खर्राजी दस्तावेज केन्द्र तथा सङ्ग्रहालय र विदेश मन्त्रालयको विशेष पुस्तकालय उद्घाटन समारोहमा अराघचीले यस्तो धारणा राखेका हुन्। “फेरि युद्धको चर्चा सुरु भएको छ, तर युद्ध होस् वा नहोस्, हाम्रा नीति यथावत् रहने छन्”, उनले भने। –रासस /एएनआइ
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

‘अर्नब’ चक्रवात ‘अति शक्तिशाली’ हुने सम्भावना, सतर्कता अपनाउन प्राधिकरणको ८ बुँदे सुझाव
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘अर्नब’ चक्रवात अति शक्तिशाली हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागबाट आज जारी पोष्ट मनसुन सम्बन्धी विशेष बुलेटिनअनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ चक्रवात थप शक्तिशाली बन्दै गएको र यो अति शक्तिशाली हुने सम्भावना छ। प्राधिकरणका अनुसा... ...

ठूलो पर्दामा एनपीएल हेर्न विराटनगरको पुरानो गुद्रीमा क्रिकेटप्रेमीको भीड (फोटो फिचर)
विराटनगर। विराटनगरको पुरानो गुद्रीस्थित खाली मैदानमा ठूलो पर्दामार्फत नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण हेर्न क्रिकेटप्रेमीको भीड लागेको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत सोमबारदेखि सुरु भएको खेल हेर्न सर्वसाधारण मैदानमा भेला भएका हुन्। उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको प्रत्यक्ष प्रसारण ठूलो पर्दामा हेर्न पुगेका दर्शकले सामूहिक रूपमा खेलको आनन्द लिइरहेका छन्। क्रिकेटप्रेमीलाई सार्वजनिक ...

निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
पाेखरा । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्र बलियो नभई राज्य बलियो नहुने बताएका छन्। पोखराका अगुवा पर्यटन व्यवसायीसँग आज भएको भेटमा उहाँले मुलुकको समृद्धिका लागि निजी क्षेत्रलाई सबल र... ...

गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते
गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिका- २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका- २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका- १० का ६० वर्षीय ...


