Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इन्जिनियर बने गाई-भैंसीपालक

इन्जिनियर बने गाई-भैंसीपालक

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्जिनियर बने गाई-भैंसीपालक

काठमाडौं।मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल भइन्छ भन्ने उदाहरण बनेका छन् गोरखाका इन्जिनियर कुमार लामिछाने। काठमाडौं नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैंसीपालन गरी मासिक १५ लाख आम्दानी गरेर इन्जिनियर लामिछाने समाजमा उदाहरणीय बन्न सफल भएका छन्। गोरखा सिरानचोक गाउँपालिका–७ खहरेका सिभिल इन्जिनियर लामिछानेले २०७७ साल जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी सो पेशा अङ्गाल्दै आएका हुन्। उनले १० करोड लगानीसहित मासिक एक लाखका दरले जम्मा ६ रोपनी जग्गा भाडामा लिई गाई तथा भैंसीपालन व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए। सुरुमा ३० वटा भैंसीबाट व्यवसाय सञ्चालन गरेका लामिछानेको गोठमा अहिले २०० गाई र ५० वटा भैंसी रहेका छन्। “इन्जिनियर भएपछि निर्माणसँग सम्बन्धित काम गर्थें, सात वर्षदेखि जीवन साथी इन्जिनियर संगीतासँगको सहयोग र सहकार्यमा ‘इन्जिनियरिङ’ पेसासँगै गाई तथा भैंसीपालन व्यवसाय गरेको हुँ। यस व्यवसायबाट केहीले रोजगारी पाएका छन् भने आम्दानी पनि राम्रै छ,” उनी भन्छन्। इन्जिनियर लामिछानेको गोठबाट हाल दैनिक एक हजार २०० लिटर दूध उत्पादन हुन्छ। उत्पादित दूधमध्ये केही दुध विकास संस्थान (डिडिसी) र नमूना डेरी तथा बाँकी दूध उपत्यकाका विभिन्न डेरीहरुमा बिक्री–वितरण हुँदै आएको उनले जानकारी दिए। लामिछानेका अनुसार हाल भैंसीको दूधको मूल्य प्रतिलिटर १७० रुपैंयाँ र गाईको १०० रुपैंयाँ छ। गाई र भैंसीको दुध दुहुन मेसिन जडान गरिएको छ। उनको फार्ममा हाल प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा ५० कर्मचारी कार्यरत छन्। दूध बिक्रीबाट मासिक ४५ देखि ५० लाख रुपैंयाँ आम्दानी हुँदै आए पनि खर्च कटाएर १५ लाख बचत हुने गरेको उनले बताए। गाई र भैंसीलाई खुवाउने पराल र दानामा बढी खर्च हुने गरेको उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन
ताजा खबरJust now

जीवनयापनको उच्च लागतविरुद्ध ग्रीसमा हजारौँ विद्यार्थी र शिक्षकको प्रदर्शन

काठमाडाैँ। जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्। युरोपभर बढ्दो... ...

रातोपाटी
यू–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपालमा, भारतसँग पनि भिड्ने
ताजा खबरJust now

यू–१९ महिला टी–२० विश्वकपका १५ खेल नेपालमा, भारतसँग पनि भिड्ने

नेपालमा हुने खेल काठमाडौंका दुई मैदानमा विभाजन गरिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ६ वटा खेल हुनेछन् । माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ९ खेल सञ्चालन हुनेछन् । ...

कान्तिपुर
नेपालसँग प्रतिस्पर्धा गर्ने चार टोलीले खेलिसकेका छन् एकदिवसीय विश्वकप
ताजा खबरJust now

नेपालसँग प्रतिस्पर्धा गर्ने चार टोलीले खेलिसकेका छन् एकदिवसीय विश्वकप

काठमाडौं । नेपालसँग नियमित रूपमा प्रतिस्पर्धा गर्दै आएका चार टोलीले यसअघि नै एकदिवसीय विश्वकप खेलिसकेका छन्। नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र नामिबियाले विश्वकपको मुख्य प्रतियोगितामा सहभागिता जनाइसकेका हुन्। यीमध्ये नेदरल्यान्ड्सले पाँचपटक, स्कटल्यान्डले तीनपटक र यूएईले दुईपटक विश्वकप खेलेका छन्। नामिबियाले भने सन् २००३ मा पहिलोपटक विश्वकप खेलेको थियो। हाल यी चारै टोली नेपालसँगै सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट हुने ...

कर्पोरट खबर
फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित
ताजा खबरJust now

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

काठमाडाैँ। फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि देशको महत्वपूर्ण पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ। हिंसा दोहोरिएमा पर्यटकको आगमन र पर्यटन आम्दानीमा थप गिरावट आउन सक्ने... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play