नेपालसँग प्रतिस्पर्धा गर्ने चार टोलीले खेलिसकेका छन् एकदिवसीय विश्वकप

काठमाडौं । नेपालसँग नियमित रूपमा प्रतिस्पर्धा गर्दै आएका चार टोलीले यसअघि नै एकदिवसीय विश्वकप खेलिसकेका छन्। नेदरल्यान्ड्स, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र नामिबियाले विश्वकपको मुख्य प्रतियोगितामा सहभागिता जनाइसकेका हुन्। यीमध्ये नेदरल्यान्ड्सले पाँचपटक, स्कटल्यान्डले तीनपटक र यूएईले दुईपटक विश्वकप खेलेका छन्। नामिबियाले भने सन् २००३ मा पहिलोपटक विश्वकप खेलेको थियो। हाल यी चारै टोली नेपालसँगै सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन्। नेपालले अहिलेसम्म विश्वकपको मुख्य प्रतियोगिता खेल्न सकेको छैन। विश्वकप छनोट प्रक्रियाअन्तर्गत लिग–२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन् भने बाँकी टोलीले प्लेअफमार्फत आफ्नो सम्भावना कायम राख्न सक्नेछन्। विश्वकप खेलिसकेका टोलीसँग नियमित प्रतिस्पर्धा गरिरहेको नेपालका लागि यसपटक पहिलोपटक विश्वकपमा पुग्ने अवसरसँगै चुनौती पनि रहेको छ। The post नेपालसँग प्रतिस्पर्धा गर्ने चार टोलीले खेलिसकेका छन् एकदिवसीय विश्वकप appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

उपत्यकाका सडकमा सवारी चाप बढ्दै
काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको शुभसाइत पछि सडकमा सवारी साधन बढेका छन् । सार्वजनिक यातायातमा यात्रु बढेसँगै भीडभाड देखिन थालेको छ । अहिले उपत्यकाभित्रिने प्रमुख नाकासहित काठमाडौँ, भक्तपुर र ललितपुरका मुख्य सडकहरूमा सवारी साधन सामान्य अवस्थामा ...

एनपीएलका सम्पूर्ण खेलले 'लिस्ट ए' टी–२० को आधिकारिक मान्यता पाए
काठमाडाैँ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का सम्पूर्ण खेललाई आधिकारिक मान्यता प्रदान गरेको छ। नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आगामी अक्टोबर... ...

लाङटाङमा बढ्दै छन् पर्यटक, व्यवसायी उत्साहित
बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । ...



