इनर्जी ड्रिङ्कको सेवनमा सावधानी अपनाउनु: खाद्य प्रविधि विभाग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्कको उत्पादन, बिक्रीवितरण र सेवनमा सतर्कता अपनाउन उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई आग्रह गरेको छ। विभागले इनर्जी ड्रिङ्कमा हुने क्याफिनको मात्रा, यसको सेवनबाट पर्न सक्ने असर र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो। विभागले क्याफिनयुक्त पेय पदार्थको सेवनसम्बन्धी वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सचेतना फैलाउन पनि अनुरोध गरेको छ। विभागका अनुसार इनर्जी ड्रिङ्कमा क्याफिन, ग्वाराना, टाउरिन, इनोसिटोल, कार्निटिन, बी भिटामिन, चिनी, पानीलगायतका पदार्थ मिसाइएको हुन्छ। चिया, कफी, चकलेट र इनर्जी ड्रिङ्कजस्ता विभिन्न स्रोतबाट शरीरमा क्याफिन पुग्ने भएकाले यसको कुल दैनिक सेवनमा ध्यान दिन आवश्यक छ। विभागले उल्लेख गरेको अन्तर्राष्ट्रिय अध्ययन तथा नियामक निकायका सन्दर्भअनुसार स्वस्थ वयस्कले सबै स्रोतबाट दैनिक सेवन गर्ने क्याफिनको मात्रा ४०० मिलिग्रामभन्दा बढी नहुने गरी उपभोग गर्न सक्ने आधार प्रस्तुत गरिएको छ। तर, यो मात्रा सबै व्यक्तिका लागि समान रूपमा सुरक्षित हुने ग्यारेन्टी भने होइन। नेपालमा इनर्जी ड्रिङ्क उत्पादन तथा बिक्रीवितरण गर्ने १७ वटा उद्योगले सरकारी निकायबाट अनुमति लिई उत्पादन तथा बिक्रीवितरण गरिरहेको विभागले जनाएको छ। ती उत्पादनको लेबल विवरण र प्रयोगशाला परीक्षण प्रतिवेदनमा क्याफिनको मात्रा मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभित्र रहेको देखिएको विभागको भनाइ छ। गर्भवती, बालबालिका र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई सेवन नगर्न सुझाव विभागले इनर्जी ड्रिङ्कको लेबलमा उल्लेख गरिएको चेतावनी सन्देशअनुसार बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई यसको सेवन नगर्न आग्रह गरेको छ। त्यस्तै, सेवन गर्न मिल्ने व्यक्तिले पनि एक दिनमा दुई क्यान (प्रति क्यान ३३० मिलिलिटरसम्म) भन्दा बढी इनर्जी ड्रिङ्क सेवन नगर्न विभागले अनुरोध गरेको छ। इनर्जी ड्रिङ्कलाई पानी, जुस, दूध, मोहीलगायतका पोषणयुक्त पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि विभागले सुझाव दिएको छ। विभागले इनर्जी ड्रिङ्कका उत्पादक तथा विक्रेतालाई विज्ञापन गर्नुअघि प्रचलित कानुनबमोजिम अनुमति लिन र विज्ञापन तथा लेबलमा आवश्यक चेतावनी सन्देश उल्लेख गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि उत्पादनको सुरक्षित सेवनसम्बन्धी जानकारीसमेत प्रचारप्रसार गर्नुपर्ने विभागको भनाइ छ। वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित सूचना प्रवाह गर्न आग्रह गर्दै विभागले खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रतिकूल हुने गरी काम गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

श्रीलंकाली अलराउण्डर थरिन्दु सुदूरपश्चिममा अनुबन्ध
काठमाडौं । श्रीलंकाली अलराउण्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने हुनुभएको छ । ३० वर्षीय रथ्नायके बायाँ हाते ब्याटर हुनुहुन्छ । उहाँ दायाँ हाते अफ स्पिन र बायाँ हाते स्पिन दुवै प्रकारले बलिङ गर्न सक्नुहुन्छ । दुवै हातले बलिङ गर्न सक्ने क्षमताका कारण उहाँ फरक शैलीका बलरका रूपमा परिचित हुनुहुन्छ । रथ्नायकेले श्रीलंकाका लागि चार ...

सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनरमा प्राइम कमर्सियल बैंक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले प्राइम कमर्सियल बैंकलाई आधिकारिक बैंकिङ पार्टनरका रूपमा आबद्ध गरेको छ । यस सहकार्यसँगै प्राइम कमर्सियल बैंक एनपिएलमा सुदूरपश्चिम रोयल्सको आधिकारिक बैंकिङ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बैंकसँगको सहकार्यले टोलीको व्यावसायिक साझेदारीलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । प्राइम कमर्सियल बैंकसँग सहकार्य गर्न पाउँदा ...

अभिषेकको कीर्तिमानी ब्याटिङ, न्युजिल्याण्डविरुद्धको शृंखलामा भारतको कब्जा
नयाँदिल्ली । भारतले न्युजिल्याण्डविरुद्धको पाँच खेलको शृंखला जितेको छ । तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गर्दै भारतले शृंखलामा ३-० को अग्रता बनाएको हो । भारतीय टोलीको जितमा ओपनर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गर्दै मात्र ३५ बलमा शतक प्रहार गर्नुभयो । उहाँको आक्रामक प्रदर्शनसँगै भारतले खेलमा जितमात्र निकालेन, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटका थुप्रै कीर्तिमानसमेत आफ्नो नाममा लेखाएको छ । न्युजिल्याण्डले ...

माओको मीमले एम्बाप्पेलाई धक्का
एजेन्सी । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका संस्थापक नेता माओत्से तुङलाई ‘तानाशाह’ भनेको बुझिने टिप्पणीमा माफी माग्नुभएको छ । उहाँको टिप्पणीलाई लिएर चीनमा आलोचना बढेपछि तीन चिनियाँ कम्पनीले उहाँसँगको व्यावसायिक सम्झौता अन्त्य गरेका छन् । एम्बाप्पेले मंगलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत आँकलनमा आधारित रहेको स्वीकार गर्नुभएको हो । ‘मेरो टिप्पणी उचित थिएन । यसले चीन र विश्वभरका ...


