Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इनर्जी ड्रिङ्कको सेवनमा सतर्क रहन सरकारको अनुरोध, महिला र बालबालिकाका लागि हुनसक्छ जोखिम

इनर्जी ड्रिङ्कको सेवनमा सतर्क रहन सरकारको अनुरोध, महिला र बालबालिकाका लागि हुनसक्छ जोखिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनर्जी ड्रिङ्कको सेवनमा सतर्क रहन सरकारको अनुरोध, महिला र बालबालिकाका लागि हुनसक्छ जोखिम

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्कको उत्पादन, बिक्रीवितरण र सेवनमा सतर्कता अपनाउन उपभोक्ता, उत्पादक तथा सरोकारवालालाई आग्रह गरेको छ। विभागले इनर्जी ड्रिङ्कमा हुने क्याफिनको मात्रा, यसको सेवनबाट पर्न सक्ने असर र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो। विभागले क्याफिनयुक्त पेय पदार्थको सेवनसम्बन्धी वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सचेतना फैलाउन पनि अनुरोध गरेको छ। विभागका अनुसार इनर्जी ड्रिङ्कमा क्याफिन, ग्वाराना, टाउरिन, इनोसिटोल, कार्निटिन, बी भिटामिन, चिनी, पानीलगायतका पदार्थ मिसाइएको हुन्छ। चिया, कफी, चकलेट र इनर्जी ड्रिङ्कजस्ता विभिन्न स्रोतबाट शरीरमा क्याफिन पुग्ने भएकाले यसको कुल दैनिक सेवनमा ध्यान दिन आवश्यक छ। विभागले उल्लेख गरेको अन्तर्राष्ट्रिय अध्ययन तथा नियामक निकायका सन्दर्भअनुसार स्वस्थ वयस्कले सबै स्रोतबाट दैनिक सेवन गर्ने क्याफिनको मात्रा ४०० मिलिग्रामभन्दा बढी नहुने गरी उपभोग गर्न सक्ने आधार प्रस्तुत गरिएको छ। तर, यो मात्रा सबै व्यक्तिका लागि समान रूपमा सुरक्षित हुने ग्यारेन्टी भने होइन। नेपालमा इनर्जी ड्रिङ्क उत्पादन तथा बिक्रीवितरण गर्ने १७ वटा उद्योगले सरकारी निकायबाट अनुमति लिई उत्पादन तथा बिक्रीवितरण गरिरहेको विभागले जनाएको छ। ती उत्पादनको लेबल विवरण र प्रयोगशाला परीक्षण प्रतिवेदनमा क्याफिनको मात्रा मानव उपभोगका लागि तोकिएको सुरक्षित सीमाभित्र रहेको देखिएको विभागको भनाइ छ। गर्भवती, बालबालिका र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई सेवन नगर्न सुझाव विभागले इनर्जी ड्रिङ्कको लेबलमा उल्लेख गरिएको चेतावनी सन्देशअनुसार बालबालिका, गर्भवती तथा स्तनपान गराइरहेका महिला, मधुमेहलगायतका रोग भएका व्यक्ति र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई यसको सेवन नगर्न आग्रह गरेको छ। त्यस्तै, सेवन गर्न मिल्ने व्यक्तिले पनि एक दिनमा दुई क्यान (प्रति क्यान ३३० मिलिलिटरसम्म) भन्दा बढी इनर्जी ड्रिङ्क सेवन नगर्न विभागले अनुरोध गरेको छ। इनर्जी ड्रिङ्कलाई पानी, जुस, दूध, मोहीलगायतका पोषणयुक्त पेय पदार्थको विकल्पका रूपमा प्रयोग नगर्न र अन्य पेय पदार्थमा मिसाएर सेवन नगर्न पनि विभागले सुझाव दिएको छ। विभागले इनर्जी ड्रिङ्कका उत्पादक तथा विक्रेतालाई विज्ञापन गर्नुअघि प्रचलित कानुनबमोजिम अनुमति लिन र विज्ञापन तथा लेबलमा आवश्यक चेतावनी सन्देश उल्लेख गर्न निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि उत्पादनको सुरक्षित सेवनसम्बन्धी जानकारीसमेत प्रचारप्रसार गर्नुपर्ने विभागको भनाइ छ। वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित सूचना प्रवाह गर्न आग्रह गर्दै विभागले खाद्य स्वच्छता तथा गुणस्तर कायम राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रतिकूल हुने गरी काम गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

राष्ट्रपति चुनाव हारेपछि फ्लाभियो बोल्सोनारो ब्राजिल छाडेर सपरिवार अमेरिका
ताजा खबरJust now

राष्ट्रपति चुनाव हारेपछि फ्लाभियो बोल्सोनारो ब्राजिल छाडेर सपरिवार अमेरिका

ब्राजिलको राष्ट्रपति चुनाव हारेपछि सिनेटर फ्लाभियो बोल्सोनारो ब्राजिल छाडेर अमेरिकाको फ्लोरिडा पुगेका छन्। सार्वजनिक तस्बिरहरूमा बोल्सोनारो र उनको परिवार अमेरिकी भन्सारबाट बाहिर निस्किरहेको देखिन्छ। बीबीसीकी ल्याटिन अमेरिका र क्यारिबियन सम्पादक भेनेसा बुस्चलुएटरका अनुसार ब्राजिलबाट अर्जेन्टिना सीमा पार गर्दा फ्लाभियो बोल्सोनारो तीन जनासँगै थिए। ... ...

नेपालखबर
लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले वृद्धि
ताजा खबरJust now

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले वृद्धि

काठमाडौं । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा भारतीय पर्यटक संख्या २४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । कम्पनीको सम्पन्न २३ औँ वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त जानकारी गराउनुभएको हो । उहाँका अनुसार ...

हिमालय टाइम्स
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै क्यानले जारी गर्‍यो हवाई सुरक्षा सतर्कता
ताजा खबरJust now

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै क्यानले जारी गर्‍यो हवाई सुरक्षा सतर्कता

भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपास तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावको क्षति कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले हवाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले सन् २०२६ अक्टोबर २८ (२०८३ कात्तिक ११) मा सुरक्षा परिपत्र जारी गर्दै हवाई सेवा प्रदायक, विमानस्थल सञ्चालक, वायुसेवा स... ...

नेपालखबर
विदेशमा ‘जलाकी’को माग
ताजा खबरJust now

विदेशमा ‘जलाकी’को माग

काठमाडौं । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जलाकी’को गीत ‘चाँदी जलप’ दर्शकमाझ लोकप्रिय बनेसँगै विदेशमा समेत माग बढ्न थालेको छ । दुई महिनाअघि युट्युबमा सार्वजनिक भएको गीतलाई झन्डै ६० लाख पटक हेरिएको छ भने यसै गीतमा आधारित १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् । गीतको लोकप्रियतासँगै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री हुने क्रम अघिबढेको छ । चलचित्रको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play