काठमाडौं । सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्ण रूपमा जलेर नष्ट भएको छ । सोमबार बिहान भएको घटनामा कारमा सवार पाँचै जना भने सकुशल रहेका छन् । प्रारम्भिक अनुमानअनुसार कारमा विद्युत् सर्ट भएर आगो लागेको हो । गुडिरहेको अवस्थामा अचानक आगो लागेपछि केहीबेरमै आगो तीव्र रूपमा फैलिएको थियो । आगलागीबाट कार पूर्ण रूपमा जलेर ध्वस्त भए पनि मानवीय क्षति भने हुन पाएन ।
इटहरीमा गुडिरहेको कारमा आगलागी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






