Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इजिप्टको कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजिप्टको कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मङ्सिर १० । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। बुधबार साँझ कायरोको वर्राक क्षेत्रस्थित रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो। आगो सडकमा गुडिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो। इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएको छ। उनीहरूको नजिकका अस्पतालमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यमा राजमार्गमा आगोका ठूला लप्का र आकाशमा कालो धुवाँ फैलिएको देखिन्छ। आगलागीका कारण आसपासका कैयौँ सवारीसाधन जलेर नष्ट भएका छन्। सरकारी अखबार अल–अहरामका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको पाइएको छ। त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र पेट्रोल सडकमा पोखिएपछि आगलागी भएको बताइएको छ। यद्यपि, घटनाको आधिकारिक कारणबारे सम्बन्धित अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
Latest NewsJust now

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

धनगढी समाचारदाता धनगढी, मङ्सिर १० गते । कैलालीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अन... ...

गोरखापत्र
स्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश
Latest NewsJust now

स्ट्रेलियाको राजनीतिमा फेरि उथलपुथल, लिबरल सिनेटर लिआ ब्लिथ वान नेशनमा प्रवेश

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । ...

नेपालबहस
सामाजिक व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य
Latest NewsJust now

सामाजिक व्यवहारमा परिवर्तन आवश्यक : मुख्यमन्त्री आचार्य

दाङ समाचारदातादाङ, मङ्सिर १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा प्रभावितलाई दोष दिने नभई साथ दिने सामाजिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ... ...

गोरखापत्र
कोसीका मुख्यमन्त्री हिक्मत राजीनामा दिँदै छन् कि ओलीसँग ‘भिड्दै’ छन्
Latest NewsJust now

कोसीका मुख्यमन्त्री हिक्मत राजीनामा दिँदै छन् कि ओलीसँग ‘भिड्दै’ छन्

सत्तारूढ नेकपा एमालेको आन्तरिक किचलोले कोसी प्रदेश सरकार हेरफेरको विषय झन्‌झन् पेचिलो बन्दै गएको छ।  आफ्नै पार्टीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन एमालेको एउटा खेमा जोडतोडका साथ लागेपछि कोसी प्रदेशको राजनीतिमा तरंग सिर्जना भएको छ।  एमालेका कोसी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईको चाहनाबमोजिम पार्टी अध्यक्ष केपी शर्म... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement