इजरायलमा ७२ प्रतिशत मतगणना हुँदा नेतान्याहु र आइसेनकोटमा काे कति अगाडि ?

काठमाडौं । इजरायलको निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन अगाडि देखिए पनि सरकार गठनका लागि आवश्यक बहुमत जुट्ने अवस्था स्पष्ट भएको छैन । प्रारम्भिक मतगणनाले नेतान्याहुको गठबन्धन विपक्षी गादी आइसेनकोट नेतृत्वको समूहभन्दा केही अगाडि देखाएको छ । तर कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्ने संकेत देखिएको छैन । अलजजिराका अनुसार, करिब ७२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५४ सिट, आइसेनकोटको समूहले ४८ सिट र अरब दलहरूले १८ सिट प्राप्त गरेका छन् । इजरायलको संसद् नेसेटमा बहुमतका लागि ६१ सिट आवश्यक पर्छ । त्यसैले सरकार गठन गर्न दलहरूबीच गठबन्धन निर्माण निर्णायक हुने देखिएको छ । नेतान्याहुले दक्षिणपन्थी दलहरूले यहुदी मतदातामाझ निर्णायक समर्थन प्राप्त गरेको दाबी गर्दै ‘राष्ट्रिय दक्षिणपन्थी सरकार’ गठनको आह्वान गरेका छन् । \ तर विपक्षी नेता आइसेनकोटले जनताले परिवर्तनका पक्षमा मत दिएको दाबी गरेका छन् । उनले नेतान्याहुलाई राजनीतिक स्वार्थका लागि राष्ट्रिय सुरक्षाको प्रयोग नगर्न चेतावनीसमेत दिएका छन् । आइसेनकोटका अनुसार, निर्वाचन परिणामले नेतान्याहुप्रति जनताको अविश्वास देखाएको छ । उनले दोस्रो पटक निर्वाचन गराउनु उपयुक्त नहुने बताउँदै छिट्टै सरकार गठनको प्रयास गर्ने बताएका छन् । यसैबीच, वामपन्थी डेमोक्रेट्स पार्टीका नेता याइर गोलानले नेतान्याहुलाई सत्ताबाट हटाउन विपक्षी दलहरूलाई अरब दलसँग सहकार्य गर्न आग्रह गरेका छन् । उनले यहुदी र अरब मतदाताबीच विभाजन सिर्जना गर्ने राजनीति त्यागेर अरब नागरिकलाई पनि सरकार गठनको प्रक्रियामा सहभागी गराउनुपर्ने बताएका छन् । तर नेतान्याहु र आइसेनकोट दुवैले अरब दलहरूसँग गठबन्धन नगर्ने बताउँदै आएका छन् । यस्तो अवस्थामा अरब दलहरूले सरकार गठनमा निर्णायक भूमिका खेल्न सक्ने विश्लेषकहरूको आकलन छ । निर्वाचनमा करिब ७८ प्रतिशत मतदान भएको छ, जुन सन् १९९९ यताकै उच्च मतदानदर हाे । इजरायलको राजनीतिक नेतृत्व, सुरक्षा नीति र प्यालेस्टिनी क्षेत्रमा जारी युद्धप्रतिको दृष्टिकोणलाई लिएर मतदाताबीच गहिरो विभाजन रहेको निर्वाचन परिणामले देखाएको छ । अन्तिम मतपरिणाम बिहीबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ भने आधिकारिक परिणाम नोभेम्बर ४ मा प्रकाशित गरिनेछ । त्यसपछि राष्ट्रपति आइज्याक हर्जोगले दलका नेताहरूसँग परामर्श गरी सरकार गठन गर्न सक्ने सम्भावना भएको उम्मेदवारलाई जिम्मेवारी दिनेछन् । चयन भएको उम्मेदवारले सरकार गठनका लागि अधिकतम ४२ दिन पाउनेछ । यदि कुनै उम्मेदवारले सरकार गठन गर्न नसके अन्य नेताले प्रयास गर्न पाउनेछन् । त्यसपछि पनि सरकार बन्न नसके पुनः निर्वाचन हुन सक्नेछ । हालको मन्त्रिपरिषद्ले भने नयाँ सरकार गठन नहुँदासम्म कामचलाउ सरकारका रूपमा निरन्तरता पाउनेछ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर
कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्। ...

प्रहरी नेतृत्वबारेका भ्रामक हल्लाप्रति मुख्यालयको गम्भीर ध्यानाकर्षण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । प्रहरी नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको ज... ...

हसिना भागेको भिडिओ खिचेका वायुसेना अधिकारीको रहस्यमय मृत्यु
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेका बेला भिडिओ रेकर्ड गरेका तत्कालीन वायुसेना अधिकारी केएम तौसिफ सौरी मृत फेला परेका छन्। उनको शव बिहीबार ढाकाको तुराग नदीमा भेटिएको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए। पीडित परिवारले हसिनाको भिडिओ सार्वजनिक गरेका कारण उनको हत्या गरिएको आरोप लग... ...

कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो ...


