Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

इजरायलमा आज नयाँ प्रधानमन्त्री घोषणा हुँदै, नेतन्याहुको सत्ता गुम्ने सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजरायलमा आज नयाँ प्रधानमन्त्री घोषणा हुँदै, नेतन्याहुको सत्ता गुम्ने सम्भावना
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २१ । इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज नयाँ प्रधानमन्त्री घोषणा गर्ने तयारी गर्नुभएको छ । विपक्षी गठबन्धनले संसद्मा बहुमत जुटाएको दाबी गरेसँगै वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सत्ता गुमाउने सम्भावना बढेको छ । इजरायलमा सरकार गठनका लागि संसद्का ६१ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी नेता गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन रहेको बताइएको छ । नेतन्याहुको पक्षमा भने ४६ सांसद मात्रै देखिएका छन् । यस आधारमा राष्ट्रपतिले नेतन्याहुलाई सरकार गठनको पहिलो अवसर नदिने अनुमान गरिएको छ । इजरायलमा अहिलेसम्म कुनै पनि दलले एकल बहुमत प्राप्त गर्न नसकेकाले गठबन्धन सरकार बन्ने परम्परा छ । राष्ट्रपति हर्जोगले बिहीबार संसद्मा निर्वाचित सबै दलका नेताहरूसँग छलफल गर्नुभएको थियो । छलफलपछि उहाँले सांसदहरूको समर्थन स्पष्ट देखिए पनि विभिन्न राजनीतिक समूहबीच महत्वपूर्ण मुद्दामा असहमति रहेको बताउनुभएको छ । दलहरूबीच आपसी मतभेदसमेत रहेकाले सरकार गठनको निर्णय सांसदहरूको सिफारिसका आधारमा मात्रै गर्न नसकिने उहाँको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
Economy & BusinessJust now

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौँ / नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको हो ...

अर्थडबली
भूमिहीनलाई पुर्जा वितरण प्रक्रिया तीव्र
Latest NewsJust now

भूमिहीनलाई पुर्जा वितरण प्रक्रिया तीव्र

झापा। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको भ्रमणपछि झापामा भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया तीव्र पारिएको छ । जिल्ला भूमि समस्या समाधान समितिले पहिलो चरणमा तीन स्थानीय तहका दुई हजार ३३९ परिवारलाई पुर्जा वितरण गर्ने तयारी गरेको छ । समितिको आजको बैठकले बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको नामावली ...

नेपालन्युज
‘म्ह पूजा’ को सांस्कृतिक पक्ष
Latest NewsJust now

‘म्ह पूजा’ को सांस्कृतिक पक्ष

नेवार समुदायले आफ्नो मौलिक संस्कार र संस्कृति अनुरूप मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये एउटा मौलिक पर्व हो ‘म्ह पूजा’ अर्थात् ‘आत्मपूजा’ । नेवार समुदायले यो मौलिक चाड स्वन्ति (तिहार... ...

गोरखापत्र
१२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
OthersJust now

१२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागू औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३, करेखोलाबाट २ जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरूको बयान तथा थप अनुसन्धानका क्रममा लागू औषध कारोबारमा संलग्न वीरेन्द्रनगर–१२ का थप दुई जनालाई ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीहरूबाट कुल १२.०२ ग्राम ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play