इक्वेडरका जेलमा झडप हुँदा आठ कैदीको मृत्यु, १० जना घाइते

क्विटो। इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिन्चा कारागारमा थप चार जनाको मृत्यु भएको हो । इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका छन् । उनीहरूले जेलबाटै हत्या र जबर्जस्ती असुलीजस्ता आपराधिक गतिविधिको आदेश दिने गरेका छन् । अधिकारीहरूले पछिल्लो झडपमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई अधिकतम सुरक्षा व्यवस्था भएको ‘एल एन्कुएन्ट्रो’ कारागारमा सारिने बताएका छन् । राष्ट्रपति डानियल नोबोआको सरकारले देशका सर्वाधिक खोजीमा रहेका अपराधीलाई राख्न उक्त कारागार निर्माण गरेको हो ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
न्युयोर्क । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन र राजनीतिक समाधान खोज्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले साउदी अरबका नागरिक लक्ष्यविरुद्ध हुथीहरूले गरेका आक्रमण अस्वीकार्य रहेको बताए । यस्ता गतिविधिले सर्वसाधारणलाई पीडा दिनुका साथै क्षेत्रीय तनाव बढाइरहेको उल्लेख गर्दै उनले यमनलाई राजनीतिक समाधानको मार्ग ...

टेबल टेनिसमा नयाँ खेलाडी उत्पादन अभियानमा लागेकी नविता
काठमाडौँ । एक खेलाडीका लागि प्रतियोगितामा भाग लिनु र उपाधि जित्नु जत्तिको खुसी के नै होला र ? टेबल टेनिसकी अनुभवी खेलाडी नविता राष्ट्रियस्तरमा पटक-पटक च्याम्पियन बनिन् । तर भनिन्छ... ...

तीन महिनामै खाद्यको व्यापार करोड भन्दा बढी
साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख सात सय ५० रुपैयाँको व्यापनर गरेको हो । ...

एनपीएल उद्घाटनको टिकट आधाघण्टामै सोल्ड आउट
(एनपीएल) को उद्घाटन दिनका लागि टिकट बिक्री खुला भएको आधा घण्टामै सबै टिकट बिक्री भएका छन् । ...


