आनी छोइङको नियुक्तिमा सरकारलाई पौडेलको प्रश्न

काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर उठेका प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको भन्दै सरकारले स्पष्ट पार्नु पर्ने बताएका हुन्। विवादास्पद नियुक्तिबारे उठेका प्रश्नको जवाफ दिनुको सट्टा प्रश्न गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर तर्साउने काम उचित नभएको उनको भनाइ छ। पौडेलले लुम्बिनी विकास कोषको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, नैतिक चरित्र र जवाफदेहितालाई समेत आधार बनाउनु पर्ने बताएका छन्। गलत निर्णय भएको भए सच्याउन सरकारलाई आग्रह गर्दै उनले प्रश्न उठाउने नागरिकलाई तर्साउनुको सट्टा नियुक्तिको औचित्य र छनोटका आधार स्पष्ट पार्नुपर्ने बताएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा जनकपुरलाई हराउँदै कर्णालीले विजयी सुरुवात गरेको... ...

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीको जनकपुरमाथि जित
कर्णालीले १३२ रन बनाएपछि जनकपुरलाई १९.३ ओभरमा ११३ रनमै अलआउट गर्दै नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गर्यो। ...

नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गर्नु गलत: महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गर्नु उचित नभएको बताएका छन् । पौडेलले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गरेका छन् । यस्तो ...

एनपीएलमा कर्णालीको रोमाञ्चक शुरूआत, जनकपुरमाथि १९ रनको जित
लिगको तेस्रो खेलमा कर्णालीले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित निकालेको हो । ...


