नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गर्नु गलत: महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गर्नु उचित नभएको बताएका छन् । पौडेलले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदा भएको उल्लेख गरेका छन् । यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियतासँगै योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत आधार बनाउनुपर्ने उनको भनाइ छ । उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठेको उल्लेख गर्दै ती प्रश्नको जवाफ दिन सरकारसँग माग गरेका छन् । ती विषयमा स्पष्टता नआएसम्म सरकारले नियुक्तिको औचित्य र छनोटका आधार पुष्टि गर्न नसक्ने पौडेलको टिप्पणी छ । सरकारलाई विरोध नभई सुझाव दिएको बताउँदै पौडेलले राति नागरिकलाई पक्राउ गरेर पछि छाड्ने कार्यशैलीको आलोचना गरेका छन् । गलत निर्णय भएको भए त्यसलाई सच्याउने साहस देखाउनुपर्ने भन्दै उनले प्रश्न उठाउने नागरिकलाई तर्साउने नभई उनीहरूका प्रश्नको जवाफ दिन सरकारलाई आग्रह गरेका छन् । The post नियुक्तिको विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गर्नु गलत: महामन्त्री पौडेल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

कठिन क्षणमा खेल फर्काउने अभ्यासले दिलायो कर्णालीलाई जित
काठमाडौँ। बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा विजयी सुरुआत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले... ...

सप्तकोसी पानीबोट दुर्घटनाको छानबिन गर्न समिति गठन, हराएकाहरू अझै भेटिएनन्
कोसी प्रदेश सरकारले आइतबार सप्तकोसी नदीमा भएको यात्रुवाहक पानीबोट दुर्घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन गरेको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले प्रदेश सचिव आस्मान तामाङको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिए। उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन पेस ... ...

तीन दिन पदयात्रा नगर्न आग्रह
काठमाडौं।मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी ...

अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याबाट तीन हजार २८३ जनाको मृत्यु
काठमाडाैँ। अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण तीन हजार २८३ जनाको मृत्यु भएको छ । मङ्गलबार सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार मृतकमध्ये पुरुषको सङ्ख्या अत्यधिक रहेको छ। अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का... ...


