तीन दिन पदयात्रा नगर्न आग्रह

काठमाडौं।मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ। विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले आज एक सूचना जारी गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको चेतावनी दिएको भन्दै पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको हो। विभागले उक्त तीन दिनको अवधिमा उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानमा पदयात्रामा जाने अनुमतिपत्र जारी नगरिने बताएको छ। विपद्को जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै विभागले पदयात्राका क्रममा यसअघि नै तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकलाई जथाभावी नहिँडी सुरक्षित स्थान वा आश्रयस्थलमा मात्र बस्न आग्रह गरेको छ। मौसमको प्रतिकूलताबीच हुन सक्ने मानवीय दुर्घटना टार्न यो सतर्कता अपनाइएको विभागले जनाएको छ। विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो सूचनाको कडा रूपमा पालना गर्न र गराउन निर्देशन दिएको छ। विपद्को जोखिम टरेको आधिकारिक सूचना नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्णरूपमा स्थगित गर्न विभागले सबैलाई सचेत गराएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
काठमाडौँ । वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन पाँच सदस्यीय नेपाली खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ । यही अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट... ...

इन्टरनेट मूल्यवृद्धिको असर : आईएसपीको आलोचना, नेपाल टेलिकममा चाप
निजी इन्टरनेट सेवा प्रदायकले महसुल बढाएपछि असन्तुष्ट ग्राहकको आकर्षण सुलभ ‘एनटी फाइबर’तर्फ ह्वात्तै बढेको देखिन्छ । ...

म्यानपावर विवादले रोकियो मलेसियाको रोजगारी, नयाँ भिसा प्रक्रिया ठप्प
काठमाडौँ । नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक मलेसियाको रोजगारी तत्कालका लागि बन्द भएको छ । श्रमिक पठाउने म्यानपावर कम्पनी छनोटसम्बन्धी विवाद दुई देशबिच सुल्झिन नसक्दा नयाँ कामदार जाने प्रक्रिया रोकिएको... ...

केनको सफलतामा जर्मनीको खुसी
केन २५ वर्षयता यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी हुन् । जर्मनीले त यो अवार्ड थाप्नका लागि अझ लामो समय पर्खिनुपर्यो । बायर्नले त झन् ४५ वर्षयता पहिलो पटक आफ्ना खेलाडीले यो अवार्ड थापेको खुसीयाली मनाउन पाएको हो । ...


