आज सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, राति सजग रहन आग्रह

काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ । काठमाडौंलगायत विभिन्न स्थानमा वर्षा भइरहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव र बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण वर्षा भइरहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान तथा बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ । विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको थोरै स्थानमा भारी वर्षा/हिमपात सम्भावना रहेको विभागले बताएको छ । मौसमविद् विनोद पोखरेल रातभर कोसीदेखि वाग्मतीसम्म लगभग सबै ठाउँमा एकनासको हल्का वर्षा भएको बताउँछन् । मध्यरातपछि लुम्बिनी र गण्डकीका पूर्वी भागमा पनि वर्षा सुरु भएको उनले बताएका छन् । “आज दिनभर लगभग यस्तै वर्षा हुने देखिन्छ । तर, अपराह्न वा साँझदेखि नेपालको पूर्वी नेपालका आधा भागमा भारी वर्षाको सम्भावना छ,” मौसमविद् पोखरेल भन्छन्, “विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले बढी सजग रहनुपर्ने देखिन्छ ।”
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

सोलुखुम्बुको दिङबुचेमा भारी हिमपात
काठमाडौँ । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका स्थित पर्यटकीय क्षेत्र दिङबुचेमा हिमपात भएको छ। अचानक मौसममा आएको परिवर्तनसँगै उच्च हिमाली भेगमा हिमपात सुरु भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण सो क्षेत्रको जनजीवन... ...

हिमाल जोगाउन विश्व समुदायसँग नेपालको चार प्रस्ताव, ५३ देशको समर्थन
काठमाडौँ, कात्तिक १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक देशको भौगोलिक सीमाभित्र मात्र सी... ...

काठमाडौंमा प्रहरीको ‘स्वीप अपरेसन’ : १५ महिलासहित ९७ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना कसुरदारसमेत रहेका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कात्तिक ११ गतेदेखि १२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका ...

युक्रेनको रेल स्टेसनमा घातक आक्रमणपछि रुसमाथि दबाब बढाउन इयूको आह्वान
युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गरेका छन् । युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि यो आह्वान आएको हो। “यो युक्रेनका नागरिकहरूमाथि रुसी आक्रमणको अर्को क्रूर र विनाशकारी श्रृङ्खला हो,” कोस्टाले सामाजिक सञ्जालमा लेखेका छन् । उनले भने, “युरोपेली संघले जबसम्म न्यायपूर्ण र दिगो शान्ति हासिल हुँदैन रुसमाथि ...

