Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/आज विश्व खाद्य दिवस मनाइँदै

आज विश्व खाद्य दिवस मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं । आज ४६औं विश्व खाद्य दिवस मनाइदैछ । सन् २०२६ को विश्व खाद्य दिवसको नारा ‘आजै नवप्रवर्तन गरौँ, भोलिको पोषण सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ विहिबार विश्वभर विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइँदै छ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २०औँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन अक्टोबर १६ मा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदै आइएको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको तथ्याङ्कअनुसार हाल विश्वमा झन्डै ७० करोडभन्दा बढी मानिसले नियमितरुपमा पर्याप्त खाना पाइरहेका छैनन् । बालबालिका र गर्भवती महिलामा कुपोषण अझ गम्भीर समस्या बनेको छ । अहिले नाइजेरिया, सुडान, कङ्गो, सिरिया, यमन, इथियोपिया, म्यानमार, बङ्गलादेश, पाकिस्तान, अफगानिस्तानजस्ता देशहरु तीव्र भोकमरीको अवस्था रहेको छ । नेपालजस्ता विकासशील देशमा पनि खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण रहँदै आएको छ । पहाडी र हिमाली क्षेत्रका धेरै गाउँमा अझै पनि वर्षभरिका लागि अन्न पुग्दैन । कतिपय परिवारहरु आयस्रोतको अभाव, जमिनको असमान स्वामित्व र कृषि उत्पादनमा निर्भरता घट्दै जानुका कारण भोकमरीको जोखिममा छन् । यस्तै, सहर क्षेत्रमा अत्यधिक प्रशोधित र पोषणहीन खाना खाने प्रवृत्तिले स्वास्थ्यमा समस्या बढाएको छ । खाद्य समस्या अभाव मात्र नभएर गुणस्तर र सन्तुलनसँग पनि जोडिएको हुन्छ । सरकारले कृषि उत्पादन वृद्धिका लागि नीति र योजना बनाए पनि कार्यान्वयनमा अझै सुधार आवश्यक देखिएको छ । किसानलाई उत्पादनका लागि आवश्यक मल, बीउ, सिंचाइ र बजारको सुनिश्चितताबिना खाद्य आत्मनिर्भरता सम्भव देखिँदैन । The post आज विश्व खाद्य दिवस मनाइँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
ताजा खबरJust now

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

रातोपाटी
लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
ताजा खबरJust now

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

केन्द्रबिन्दु
साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
ताजा खबरJust now

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने

काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

कर्पोरट खबर
गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
ताजा खबरJust now

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play