आज विजयादशमी : टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा

नेपालीहरुको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमी मनाइँदैछ । आजको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दशैं मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष टीका लगाउने उत्तम साइत बिहान १० बजेर २६ मिनेट निर्धारण गरेको छ। समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मनाइयो ब्रम्हायणी जात्रा, बालियो बत्ती (तस्वीरहरु)
व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै शरीरमा दियो बालेर जाने र पूजा गर्ने प्रचलन छ । यसो गरेमा मनोकाक्षा पूरा हुने र पाप नष्ट हुने जनविश्वास छ । ...

सलमान खान थिए निशानामा, टाइगरलाई आक्रमण गर्नुअघि सलमानको घरको रेकी
बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा नयाँ खुलासा भएको छ । टाइगरमाथि गोली चलाउने आरोपितहरूले मुम्बई पुगेपछि अभिनेता सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’को रेकी गरेका थिए । तर, सलमानको घरबाहिर कडा सुरक्षा व्यवस्था देखेपछि उनीहरूले आफ्नो योजना परिवर्तन गरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ । सलमानलाई छाडेर टाइगरलाई बनाए निशाना समाचारअनुसार, टाइगरमाथि… ...

पहाड र तराई–मधेशमा दशैँको टीका परम्परा फरक, आशीर्वादको अर्थ उस्तै
विजयादशमीमा पहाडमा जस्तो निधारमा रातो टीका र जमरा लगाउने चलन तराई–मधेशमा व्यापक छैन । तर परिवारका अग्रजले आफूभन्दा कान्छालाई आशीर्वाद दिने र विजयको उत्सव मनाउने परम्परा भने दुवै क्षेत्रमा समान रहेको संस्कृतिविद् रामदयाल राकेश बताउँछन् । राकेशका अनुसार तराई–मधेशमा पनि विजयादशमीका दिन परिवारका ज्येष्ठ सदस्यले कनिष्ठलाई टीका लगाइदिने र आशीर्वाद दिने चलन छ । तर पहाडी क्षेत्रमा देखिने रातो टीका, अक्षता ...

दशैंमा चम्कियो जमराको व्यापार
घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा सडक पेटीमा पनि किन्न पाइन्छ भन्दा अचम्म नमान्दा हुन्छ । काठमाडौं उपत्यकाका सडक पेटी वा फुटपातका फुल पसलहरुमा जमरा सहजै खरिद गर्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किनेर नै दशैं टार्ने गरेका छन् । वडादशैं अन्तर्गत विजय दशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा सिरमा लगाइने जमरा मौसमी व्यापारको राम्रो ...


