आज यी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानमा भने बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

अमेरिकी मध्यावधि निर्वाचन : बहुमत जोगाउन ट्रम्पले गरे २७७ मिलियन डलर खर्च
काठमाडौं । अमेरिकामा आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन उमेदवारहरूलाई जिताउन ठूलो मात्रामा चुनावी कोष परिचालन गरेका छन् । ट्रम्पको राजनीतिक अभियानसँग आबद्ध समूहहरूले सेप्टेम्बरदेखि अक्टोबरको मध्यसम्ममा मात्रै करिब २७७ मिलियन अमेरिकी डलर खर्च गरेका छन् । यो रकम नेपाली मुद्रामा करिब ३७ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । अमेरिकी संसद् (कंग्रेस)का दुवै सदनमा आफ्नो दलको बहुमत कायमै राख्ने ...

तीनदिने तीर्थाटनका लागि रवि लामिछाने परिवारसहित भारत प्रस्थान
• रास्वपा सभापति रवि लामिछाने र उनकी श्रीमती निकिता पौडेल पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गर्दैछन्। • उनीहरू धनगढी हुँदै उत्तराखण्डको नैनीताल स्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम तय गरेका छन्। • यो भ्रमण ३ दिनको हुनेछ। ...

पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो
इन्टरनेटका धेरै वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेको सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास तीव्र भएको छ । सुरक्षा कमजोरी सार्वजनिक भएसँगै क्लाउड सेवा... ...

कर्णाली याक्सका अरिफुल र अकबर नेपाल आइपुगे
कर्णाली याक्समा अनुबन्ध भएका दुई बगलादेशी क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आइपुगेका छन् । ...


