अमेरिकी मध्यावधि निर्वाचन : बहुमत जोगाउन ट्रम्पले गरे २७७ मिलियन डलर खर्च

काठमाडौं । अमेरिकामा आगामी मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले रिपब्लिकन उमेदवारहरूलाई जिताउन ठूलो मात्रामा चुनावी कोष परिचालन गरेका छन् । ट्रम्पको राजनीतिक अभियानसँग आबद्ध समूहहरूले सेप्टेम्बरदेखि अक्टोबरको मध्यसम्ममा मात्रै करिब २७७ मिलियन अमेरिकी डलर खर्च गरेका छन् । यो रकम नेपाली मुद्रामा करिब ३७ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ । अमेरिकी संसद् (कंग्रेस)का दुवै सदनमा आफ्नो दलको बहुमत कायमै राख्ने मुख्य उद्देश्यसहित ट्रम्पले यो ठूलो रकम खर्च गरेका हुन् । ‘न्युयोर्क टाइम्स’का अनुसार, ट्रम्पको मुख्य राजनीतिक खर्च समिति ‘मागा इंक’ले सन् २०२४ को निर्वाचनमा उनी पुनः निर्वाचित भएयता करिब ४७३ मिलियन डलर संकलन गरिसकेको छ । अहिले सोही कोषबाट रिपब्लिकन उमेदवारहरूको प्रचारप्रसार र विज्ञापनमा तीव्र लगानी भइरहेको छ । विज्ञापनमा गरिएको यो ठूलो लगानीले कडा प्रतिस्पर्धा झेलिरहेका रिपब्लिकन उमेदवारहरूको स्थिति बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । विवरणअनुसार, ट्रम्पसँग आबद्ध अन्य दुई राजनीतिक खर्च समितिहरू ‘नो गोइङ ब्याक पीएसी इंक’ र ‘सेफ्टी एन्ड अफोर्डेबिलिटी पीएसी इंक’ले अक्टोबर १४ सम्ममा ‘मागा इंक’ बाट कुल २२५ मिलियन डलर प्राप्त गरेका थिए । निर्वाचन खर्चसम्बन्धी यो पछिल्लो वित्तीय विवरण संघीय निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको हो । लोकप्रियताका लागि बढाइयो विज्ञापन खर्च ट्रम्पसँग आबद्ध बाह्य राजनीतिक समूहहरूले ‘लेबर डे’को आसपासदेखि नै २४ वटा राज्यमा व्यापक विज्ञापन अभियान सुरु गरेका थिए । यो अभियान विशेष गरी सिनेट र प्रतिनिधिसभाका त्यस्ता क्षेत्रहरूमा केन्द्रित छ, जहाँ डेमोक्र्याटिक र रिपब्लिकन उमेदवारहरूबीच कडा प्रतिस्पर्धा छ । पछिल्लो समय ट्रम्पको लोकप्रियतामा आएको उतारचढावका कारण परम्परागत रूपमा रिपब्लिकनकै वर्चस्व रहेका कतिपय क्षेत्रमा समेत डेमोक्र्याट उमेदवारहरूले बलियो चुनौती दिएका छन् । अक्टोबर १४ सम्म यी तीनवटै समूहसँग करिब १८१ मिलियन डलर नगद मौज्दात थियो । विज्ञापन खर्चको निगरानी गर्ने एजेन्सी ‘एडइम्प्याक्ट’को अनुमानअनुसार, अक्टोबर १५ देखि मतदानको दिनसम्ममा यी समूहले थप ९९ मिलियन डलर विज्ञापनमा खर्च गर्ने योजना बनाएका छन् । यस हिसाबले यस मध्यावधि निर्वाचनमा ट्रम्प पक्षधर समूहहरूको कुल खर्च ३०० मिलियन डलर नाघ्ने निश्चित देखिएको छ । ४०० मिलियन डलरभन्दा बढी खर्च हुने ट्रम्पको दाबी आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले निर्वाचनको दिनसम्म कुल खर्च ४०० मिलियन डलरभन्दा बढी पुग्ने दाबी गरेका छन् । उनका अनुसार, ३०० मिलियन डलरभन्दा बढी रकम विज्ञापन, मतदाताहरूसँगको प्रत्यक्ष संवाद, चुनावी र्याली, मतदानका लागि प्रेरित गर्ने कार्यक्रम र निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने गतिविधिहरूमा खर्च भइसकेको छ । ‘मागा इंक’को वित्तीय प्रतिवेदनअनुसार, यस चुनावी अभियानका प्रमुख दाताहरूमा क्रिप्टो डटकम सञ्चालन गर्ने कम्पनी ‘फोरिस ड्याक्स’, विस्कन्सिनकी अर्बपति उद्यमी डियन हेन्ड्रिक्स, ब्ल्याकस्टोनका सीईओ स्टिफन श्वार्जम्यान र क्यासिनो व्यवसायी स्टिभ विन रहेका छन् । यसबाहेक ट्रम्प प्रशासनका नीति तथा निर्णयहरूबाट प्रत्यक्ष प्रभावित हुन सक्ने व्यावसायिक हित जोडिएका विभिन्न कर्पोरेट कम्पनीहरूले पनि यस कोषमा ठूलो चन्दा दिएका छन् ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

विदेश नगई थ्रेसर चलाएर गाउँमै स्वरोजगार बने अमजत
• बाँकेका अमजत अली शेखले थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगारको राम्रो उदाहरण प्रस्तुत गरेका छन्। • उनले धानको मुख्य याममा थ्रेसर मेसिनबाट प्रति घण्टा रु २,५०० सेवा शुल्क लिई करिब रु १,५०,००० मुनाफा कमाउने गरेका छन्। • आधुनिक कृषि प्रविधिको प्रयोगले परम्परागत खेती प्रणालीलाई सहज बनाएको र किसानहरूको काममा समय र खर्चको बचत भएको छ। ...

कावासोतीमा साथीकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, परिवारले उठायो प्रश्न
कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-१६ डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेको छ । गत कात्तिक १ गते साँझ कावासोती नगरपालिका–१६ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो । हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही ...

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको भित्री भागमा वर्षमा दुई पटक सूर्यको सुनौलो किरण प्रवेश गरी मूर्तिहरूलाई उज्यालो पार्ने दुर्लभ खगोलीय दृश्य हेर्न बिहीबार बिहान सयौँ पर्यटक... ...

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै
अभिनाशविक्रम शाहको निर्देशनमा तयार भएको उक्त चलचित्रको विशेष प्रदर्शन अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहको आयोजनामा हुन लागेको हो। ...


