Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Others/आज देशभरको मौसम कस्तो रहला ?

आज देशभरको मौसम कस्तो रहला ?

10/27/2026, 7:09:55 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशभरको मौसम कस्तो रहला ?

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यस्तै, आज राति देशभर आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार र बिहीबार भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने
OthersJust now

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले करसहित १६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित […] ...

लोकपथ
दशैंमा हुम्लामा चार करोडको खसीबोका व्यापार
OthersJust now

दशैंमा हुम्लामा चार करोडको खसीबोका व्यापार

हुम्लामा रु चार करोड मुल्य बराबरको खसीबोकाको व्यापार भएको छ । दसैं वर्षको एक पटक आउने मुख्य चाडपर्व भएको र खसीबोकाको वलि दिनैपर्ने सामाजिक तथा धार्मिक मान्याताका कारण यसको व्यापार वृद्धि भएको हो । बझाङको साइपालबाट चार सय खसीबोका ल्याएका व्यापारी मानबहादुर पार्कीले झण्डै रु एक करोडको व्यापार भएको बताए । २५ प्रतिशत व्यापार उधारोमा गएको भएपनि दसैंमा खसीको व्यापार हालसम्मकै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play