Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

आज कुकुर तिहार मनाइँदै, लक्ष्मी पूजा पनि आजै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कुकुर तिहार मनाइँदै, लक्ष्मी पूजा पनि आजै
Photo / Coverage: पर्दाफास

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आज बिहान कुकुरको पूजा गरेपछि साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । नरक चतुर्दशीआज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु पर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
OthersJust now

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

हिन्दू धर्मावलम्बीले आज कार्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी माता लक्ष्मीको विशेष पूजा–आराधना गरी लक्ष्मी पूजा मनाउँदैछन् । तिहारको विशेष दिनका रूपमा रहेको आजको रात घरलाई सफा–सुग्घर गरी दीप प्रज्वलन, झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले उज्यालो बनाइन्छ । धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ । धार्मिक ...

पर्दाफास
तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात
OthersJust now

तिहार कुर्दैन मखमली माला, भदौदेखि नै विदेश निर्यात

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ । तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ । चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा सयपत्री फूलखेतीमा सक्रिय छन्। वर्षौंदेखि व्यवसायिक रुपमा खेती गर्दै आएका किसानहरुका लागि यो राम्रो आम्दानीको माध्यम बनेको छ । ज्ञानेन्द्र थापाले करिब १२–१३ वर्षदेखि व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै आएका ...

पर्दाफास
काठमाडौंका ३३ स्थानबाट स्वदेशी फूलमाला किनबेच, प्लास्टिकका निषेध
OthersJust now

काठमाडौंका ३३ स्थानबाट स्वदेशी फूलमाला किनबेच, प्लास्टिकका निषेध

नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले वातावरण विभागसँगको समन्वयमा किनबेचस्थल तोकेको छ । ...

अनलाइन खबर
कोप-३१ मा सहभागी हुन परराष्ट्र मन्त्री खनाल अन्ताल्यामा
OthersJust now

कोप-३१ मा सहभागी हुन परराष्ट्र मन्त्री खनाल अन्ताल्यामा

परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २०(कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्र मन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनले नोभेम्बर ११ र ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play