काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले सासुओलोलाई ३–० गोलले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाका लागि मारियो हर्मोसो र रोड्रिगो मोराले गोल गरे भने एक गोल सासुओलोका खेलाडीबाट आत्मघाती भएको थियो । रोमाले खेलको २७औँ मिनेटमा हर्मोसोको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि सासुओलोका सेबास्टियन वालुकिएभिचले बल आफ्नै पोस्टमा छिराएपछि रोमाको अग्रता दोब्बर भयो । दोस्रो हाफको ५८औँ मिनेटमा रोड्रिगो मोराले तेस्रो गोल थप्दै रोमाको जित सुनिश्चित गरे । यस जितसँगै अपराजित रहेको रोमाले ११ खेलबाट २७ अंक जोडेको छ । टोली शीर्षस्थानको लाजियोभन्दा एक अंकले पछाडि छ । तेस्रो स्थानको इन्टर मिलानभन्दा भने रोमाले दुई अंकको अग्रता बनाएको छ । लिगमा अहिलेसम्म अपराजित रहेका रोमासँगै लाजियो मात्रै दुई टोली हुन् । लाजियोले आइतबार नापोलीसँग खेल्दा इन्टर मिलानले कोमोको सामना गर्नेछ ।
इटालियन सिरी ‘ए’मा रोमा ३–० ले विजयी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






