Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कोप-३१ मा सहभागी हुन परराष्ट्र मन्त्री खनाल अन्ताल्यामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप-३१ मा सहभागी हुन परराष्ट्र मन्त्री खनाल अन्ताल्यामा
Photo / Coverage: पर्दाफास

परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २०(कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्र मन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनले नोभेम्बर ११ र १२(कात्तिक २५ र २६ गते) आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् । सम्मेलनका क्रममा परराष्ट्र मन्त्री खनालले नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डास् ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । यसका अतिरिक्त परराष्ट्र मन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्री खनाल यही नोभेम्बर १४ (कात्तिक २८ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा
OthersJust now

तराईमा तिहार : सरसफाइ, झिलिमिली र लक्ष्मीपूजाको दिन रातभर जाग्राम बस्ने परम्परा

तराई–मधेस क्षेत्रमा तिहार अर्थात् दीपावली मनाउने परम्परा पहाडी तथा उपत्यकाका क्षेत्रको तुलनामा केही फरक र विशिष्ट छ । घरआँगनको विशेष सरसफाइ, माटोका दियो बालेर उज्यालो बनाउने, रातभर जाग्राम बसेर लक्ष्मीको पूजा गर्ने र भाइटीकालाई ‘भरद्वितीया’ का रूपमा मनाउने परम्पराले तराईको तिहारलाई सांस्कृतिक रूपमा अलग पहिचान दिएको छ । संस्कृतिविद् शितल महत्तोका अनुसार तराई–मधेसमा तिहारलाई विशेषगरी दीपावलीका रूपमा मनाइन्छ । यस अवसरमा ...

पर्दाफास
पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती
OthersJust now

पाँच मिनेटको दूरी पार गर्न दुई घण्टा, पक्की पुल नहुँदा भरबलियावासीलाई सास्ती

रूपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका–५ को भरवलिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवाको अभाव झेलिरहेका छन् । तिनाउ–दानव नदीमा पक्की पुल नहुँदा नजिकैको बस्ती पुग्नसमेत घण्टौँ घुम्नुपर्ने बाध्यता छ । ...

अनलाइन खबर
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा
OthersJust now

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

२२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्ने… ...

अनलाइन खबर
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व
OthersJust now

लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ? यस्तो छ धार्मिक र सांस्कृतिक महत्त्व

हिन्दू धर्मावलम्बीले आज कार्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी माता लक्ष्मीको विशेष पूजा–आराधना गरी लक्ष्मी पूजा मनाउँदैछन् । तिहारको विशेष दिनका रूपमा रहेको आजको रात घरलाई सफा–सुग्घर गरी दीप प्रज्वलन, झिलिमिली बत्ती तथा विभिन्न सजावटका सामग्रीले उज्यालो बनाइन्छ । धन, ऐश्वर्य, समृद्धि र सुख प्राप्तिको कामना गर्दै घरमा लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ । धार्मिक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play