Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर २ । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ। भाइस प्रेसिडेन्ट खड्काले आईएमई समूहका विभिन्न व्यवसायहरूबीच रणनीतिक सहकार्यको नेतृत्व गर्नुहुनेछ । समूहका कम्पनीहरूबीचको विशेषज्ञता, प्रविधि, बजार पहुँच र वितरण सञ्जाललाई जोडेर प्रत्येक व्यवसायलाई थप प्रतिस्पर्धी बनाउने र समग्र समूहको दीर्घकालीन ब्रान्ड भ्यालु बढाउने खड्काको प्रमुख जिम्मेवारी हुने आईएमई ग्रुपले बिज्ञप्तिमार्फत जनाएको छ। यसअन्तर्गत नयाँ सेवा र साझेदारी विकास गर्न, ग्राहक अनुभव सुधार गर्न र नेपालको डिजिटल अर्थतन्त्रमा समूहको योगदान विस्तारको कार्य प्राथमिकतामा रहने छ। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खड्कासँग १५ वर्षभन्दा बढीको कार्य अनुभव छ। ईसेवाको प्रमुख कार्यकारी अधिकृत रहिसक्नुभएका खड्कासँग विभिन्न डिजिटल वित्तीय सेवा व्यवसायको जिम्मेवारीमा रहेर काम गरेको अनुभव समेत छ। आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त ुग्रुप भाइस प्रेसिडेन्टु खड्कालाई स्वागत गर्दै आईएमई समूहका हरेक कम्पनीलाई अझ बलियो बनाउने र डिजिटल रूपान्तरणलाई विस्तार तथा सुदृढ गर्दै नयाँ अवसर सिर्जना गर्न सक्नेमा विश्वस्त रहेको बताउनु भयो। नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपका प्राथमिकता र सरोकारवालाहरूसँगको सहकार्यमा नतिजा निकाल्न आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो। नेपालको अग्रणी व्यावसायिक समूहको रुपमा रहेको आईएमई ग्रुपले रेमिट्यान्स, बैंकिङ तथा बीमा, डिजिटल वित्तीय सेवा, पर्यटन तथा आतिथ्यता, केबलकार, ऊर्जा, पूर्वाधार, सूचना प्रविधि, खेलकुद, उत्पादन तथा व्यापारलगायतका विविध क्षेत्रमा लगानी र व्यवसाय विस्तार गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कमिल मिश्राको शतकमा चितवन राइनोज दोस्रो क्वालिफायरमा, काठमाडौं ६१ रनले पराजित
Economy & BusinessJust now

कमिल मिश्राको शतकमा चितवन राइनोज दोस्रो क्वालिफायरमा, काठमाडौं ६१ रनले पराजित

काठमाडौं । ओपनर कमिल मिश्राको शानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटर खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बन… ...

आर्थिक न्यूज
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
Economy & BusinessJust now

वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाएको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। … ...

आर्थिक न्यूज
निजी पुँजी परिचालनको दायरा फराकिलो बनाउन वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा तयार
Economy & BusinessJust now

निजी पुँजी परिचालनको दायरा फराकिलो बनाउन वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा तयार

काठमाण्डु – नेपालमा निजी पुँजी परिचालन, स्टार्टअप तथा उद्यमशीलता प्रवर्द्धन र वैकल्पिक लगानीका नयाँ माध्यम विकास गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा तयार गरेको छ । प्रस्तावित नियमावलीले हाल प्रचलनमा रहेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई प्रतिस्थापन गर्दै निजी इक्विटी, भेन्चर क्यापिटल लगायतका लगानी संरचनालाई थप […] ...

काठमाण्डुपाटी
काठमाडौं-तराई/मधेस द्रुतमार्गको महादेवटार सुरुङको ‘ब्रेकथ्रु’, आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत
Economy & BusinessJust now

काठमाडौं-तराई/मधेस द्रुतमार्गको महादेवटार सुरुङको ‘ब्रेकथ्रु’, आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत

बागमती : काठमाडौं-तराई/मधेस द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङ मार्गको बुधबार ‘ब्रेकथ्रु’ गरिएको छ। तीन हजार ४५४ मिटर लामो उक्त सुरुङका दुवैतर्फका खण्ड जोड्ने कार्यक्रममा आयोजनाको हालसम्मको भौतिक प्रगति ५१ प्रतिशत पुगेको जानकारी दिइएको हो। ब्रेकथ्रु कार्यक्रममा आयोजना प्रमुख सहायक रथी भरतलाल श्रेष्ठले राष्ट्रिय गौरवको यस रणनीतिक महत्त्वको आयोजनाक… ...

उकेरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play