Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/आइजिपी होइन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

आइजिपी होइन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइजिपी होइन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

काठमाडौं, कात्तिक १२। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय अखण्डता र स्वाधीनताको विषय उठाउँदै सरकार तथा राजनीतिक नेतृत्वप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्नुभएको छ। उहाँले व्यापार र मुख्यमन्त्रीको हैसियतलाई मात्रै प्राथमिकता दिएर राष्ट्रिय स्वाधीनतालाई बेवास्ता गर्न नहुने आशय व्यक्त गर्नुभएको छ। बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै ‘नव झोले र भेडा’ भन्दै आलोचकप्रति कटाक्ष गर्नुभएको छ। उहाँले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्रै चाहिएको तर राष्ट्रिय अखण्डता र स्वाधीनता नचाहिएको हो भने खुलेरै ‘सिक्किम बन्छु’ भन्न चुनौती दिनुभएको छ। उहाँले आफ्नो टिप्पणीमा ‘प्रभाव र दासत्व फरक हो’ भन्दै बाह्य प्रभाव र पराधीनताबीचको भिन्नता औँल्याउनुभएको छ। साथै, ‘आइजिपी होइन, तातोपानी नाका चलाऊ’ भन्दै प्रहरी नेतृत्वको विषयभन्दा राष्ट्रिय आवश्यकता, स्वाधीनता र सीमासम्बन्धी विषयलाई प्राथमिकतामा राख्नुपर्ने आशय व्यक्त गर्नुभएको छ। बाँस्कोटाको यो अभिव्यक्ति प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई हटाउन खोजिएको भन्ने चर्चाबीच आएको हो। कार्कीको पदबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भइरहेका बेला उहाँको टिप्पणीले प्रहरी नेतृत्व, राजनीतिक प्रभाव र राष्ट्रिय स्वाधीनताको बहसलाई एकैसाथ जोडेको छ। यद्यपि, बाँस्कोटाले उक्त टिप्पणीमा कसलाई लक्षित गर्नुभएको हो भन्ने कुरा स्पष्ट रूपमा खुलाउनुभएको छैन। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ- ‘नव झोले र भेडा आई लाग्नै पर्दैन।केवल व्यापार र मुख्य मन्त्रीको हैसियत चाहिएको हो।तर राष्ट्रिय अखण्डता र स्वाधीनता चाहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन। प्रभाव र दासत्व फरक हो।आइजिपी होइन,तातोपानी नाका चलाऊ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

प्रधानन्यायाधीश शर्माले भने-  घुस लिएको भन्दै प्रकाशित समाचारप्रति सत्यता छैन
राजनीतिJust now

प्रधानन्यायाधीश शर्माले भने-  घुस लिएको भन्दै प्रकाशित समाचारप्रति सत्यता छैन

प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफ्नो नाम जोडेर अमेरिकामा घुस लिएको भन्दै प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै उनले अनलाइन पत्रिका तथा सञ्चारमाध्यममा प्रकाशित समाचार आधारहीन, झुट्टा र कपोलकल्पित भएको बताएका हुन् । ‘प्रधानन्यायाधीश शर्मा र रास्वपा सांसद पोखरेलको नाममा अमेरिकामा घुस : फिक्सर इनामको मोबाइलले खुलाएको प्रमाण !’ लगायतका शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको शर्माले जनाएका छन् ...

फरकधार
कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, शपथ ग्रहणदेखि पदबहालीसम्म नयाँ अभ्यास
राजनीतिJust now

कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी, शपथ ग्रहणदेखि पदबहालीसम्म नयाँ अभ्यास

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले बिहीबारदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हालेको छ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आयोजित विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएसँगै जिम्मेवारी सम्हालेका हुन्। बिहीबार दिउँसो ३ बजे आयोजित समारोहमा सभापति गगनकुमार थापाले अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराएका थिए। […] ...

काठमाण्डुपाटी
एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग आर्य फार्माल्याबको तीन वर्षे सहकार्य
राजनीतिJust now

एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग आर्य फार्माल्याबको तीन वर्षे सहकार्य

स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्ष सहकार्य गर्ने सम्झौता गरेको छ । यस सहकार्यको उद्देश्य क्रिकेटमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै खेलकुद र जनस्वास्थ्यबीचको सम्बन्धलाई थप मजबुत बनाउने कंम्पनीले लक्ष्य राखेको छ । आफ्नो ३० वर्षे यात्रालाई सामाजिक उत्तरदायित्व र जनस्वास्थ्य प्रवर्द्धनसँग जोड्दै आर्य ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play