काठमाडौं। सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ। छठ पर्वको तेस्रो दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाएका हुन्। दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ भने तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गरिन्छ। यस अवसरमा मधेस, तराई र मिथिलाञ्चलका गाउँ–शहरका पोखरी, नदीघाट तथा तालतलैया आकर्षक रूपमा सजाइएका छन्। स्थानीय बासिन्दा तथा युवाहरूले पोखरी र घाटको सरसफाइ गरी रंगीन बत्ती, पण्डाल र टेन्ट लगाएर छठ पर्व मनाउने तयारी गरेका छन्। यसले गाउँ–गाउँमा समेत छठ पर्वको रौनक बढाएको छ। आजको सन्ध्या अर्घ्य तथा सोमबार बिहानको प्रातः अर्घ्यका लागि घर–घरमा पूजासामग्रीको जोहो गर्न व्रतालु तथा उनीहरूका परिवारजन व्यस्त देखिएका छन्। बजारमा बाँसका डाला, सुप, फलफूल, नयाँ कपडा तथा प्रसादका सामग्री किन्नेको भीड बढेको छ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






