अस्ट्रियाद्वारा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

भियना।अस्ट्रियाले कूटनीतिक हैसियतसँग मेल नखाने गतिविधिमा संलग्न भएको आरोपमा चार रूसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएको छ। अस्ट्रियाको विदेश मन्त्रालयले शुक्रबार यसबारे जानकारी दिएको हो। उक्त निर्णयप्रति रुसले उचित जवाफ दिने चेतावनी दिएको छ। अस्ट्रियाली सुरक्षा अधिकारीहरूले उपलब्ध गराएको जानकारीका आधारमा भियनामा रहेका चार रूसी कूटनीतिज्ञविरुद्ध कारबाही गरिएको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रूसी दूतावासमा कार्यरत तीन कूटनीतिज्ञ आफ्नो कूटनीतिक हैसियतसँग असंगत गतिविधिमा संलग्न थिए। त्यसैगरी, युरोपमा सुरक्षा तथा सहयोग संगठन (ओएससीई) मा रहेको रूसी प्रतिनिधि मण्डलका एक सदस्य पनि यस्तै गतिविधिमा संलग्न रहेको मन्त्रालयले जनाएको छ। ती चारै जनालाई अस्वीकृत व्यक्ति घोषणा गर्दै अस्ट्रियाको भू–भाग छाड्न निर्देशन दिइएको छ। भियनास्थित रूसी दूतावासले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त निर्णयको आलोचना गर्दै यसको उपयुक्त जवाफ दिइने चेतावनी दिएको छ। दूतावासले अस्ट्रियाले रुसविरोधी पश्चिमी नीतिलाई विचारहीन रूपमा पछ्याइरहेको आरोप समेत लगाएको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि युरोपका विभिन्न देशले रूसी कूटनीतिज्ञहरूलाई निष्काशन गर्दै आएका छन्। यससँगै पश्चिमी मुलुकहरूले रुसमाथि व्यापक आर्थिक तथा अन्य प्रतिबन्धहरू पनि लगाएका छन्। यसै वर्ष सेप्टेम्बरमा हङ्गेरीले प्रधानमन्त्री पिटर मग्यारको नेतृत्वमा रूसी कूटनीतिक नियोगका १० सदस्यलाई देशबाट निष्काशन गरेको थियो।हङ्गेरीले राष्ट्रिय सुरक्षा र सार्वभौमसत्ताको रक्षा गर्न उक्त कदम चालिएको जनाएको थियो। अस्ट्रियाले पनि सन् २०२२ यता पटक–पटक रूसी कूटनीतिज्ञहरूलाई निष्काशन गर्दै आएको छ। यद्यपि, अन्य केही युरोपेली देशको तुलनामा त्यहाँ निष्काशन गरिएका कूटनीतिज्ञको संख्या कम रहेको छ। अस्ट्रिया युरोपेली संघको सदस्य भए पनि सैन्य रूपमा तटस्थ राष्ट्र हो र उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य होइन। देशको तुलनात्मक रूपमा कमजोर जासुसीसम्बन्धी कानुनी व्यवस्थाका कारण भियनालाई रूसी गुप्तचर गतिविधिको प्रमुख केन्द्रका रूपमा समेत चित्रण गरिँदै आएको छ। –रासस /एएफपी
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

बंगालको खाडीमा विकसित हुँदै चक्रवात, कार्तिक ११ गतेदेखि नेपालको मौसम प्रभावित हुने
काठमाडौँ। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवात (आँधी) मा परिणत हुने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार... ...

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि
आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी माघ पहिलो साता सुरु हुनेभएको छ। प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ। ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको... ...

बंगलादेशका ब्याटिङ अलराउन्डर शामीम हुसेन लुम्बिनी लायन्समा
काठमाडाैँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि बंगलादेशका प्रतिभाशाली ब्याटिङ अलराउन्डर शामीम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन... ...

जुम्ली किसानलाई वर्षे बाली भित्र्याउन भ्याइनभ्याइ
जुम्ला। जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो परेको छ । दसैँको रौनक सकिनै लाग्दा हिमाली जिल्ला जुम्लाका किसानहरूलाई भने पाकेको कोदो, धान, फापर, सिमी र मकै लगायतका बाली भित्र्याउन भ्याइनभ्याइ भएको तिला गाउँपालिका-८ का वडाध्यक्ष आसे बस्नेतले बताएका छन् । मौसम सफा भएकाले पाकेको बाली थन्क्याउन अहिले यहाँका किसान खेतबारीका काममा व्यस्त रहेका छन् । दसैँभन्दा पनि किसानहरूलाई बाली भित्र्याउने ...


