असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात

काठमाडौं।नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि निर्यात कारोबार रकम भने बढेको छ। प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत भारत निर्यात भएको हो। यो रकम गत वर्षको असोजको तुलनामा ९६ करोड २० लाख रुपैयाँ र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढी हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको विद्युत निर्यात भएको छ। विद्युत निर्यात द्विपक्षीय सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा तथा भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा गरिएको प्राधिकरणले जनाएको छ। असोजमा निर्यात भएको कुल विद्युतको करिब दुई तिहाइ हिस्सा द्विपक्षीय सम्झौताअन्तर्गत बिक्री भएको हो। यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पुनः सुरु भएको छ। भदौ १० गतेको बाढीले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुगेपछि निर्यात रोकिएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट विद्युत निर्यात गर्ने स्वीकृति प्राप्त भएपछि निर्यात सुचारु भएको हो। नयाँ व्यवस्थाअनुसार अब सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात हुनेछ। नेपाल र बंगलादेशबीच २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत निर्यात गरिन्छ। थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति प्राप्त भएसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब १,१७९ मेगावाट पुगेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल चर्चामा (तस्बिरहरु)
ललितपुर । ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल अहिले चर्चामा छ। निर्माण अन्तिम चरणमा पुगेको यस पुललाई छठ पर्वअघि वा त्यसलगत्तै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यद्यपि,... ...

कोजाग्रत पूर्णिमा र चुमाओनको सांस्कृतिक सन्देश
बडादसैँको समापन हुने दिन र कार्तिक स्नान सुरु हुने अघिल्लो दिन आश्विन पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा हुन्छ । कार्तिक महिनाको पूर्णिमालाई ‘कार्तिक पूर्णिमा’, ‘त्रिपुरारी पूर्णिमा’ वा ‘देव दीपावली’ भनिन्छ ।... ...

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन अनुबन्ध
काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिन बलर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी अनुभवी टी–२० खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज क्रिकेट लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट […] ...

नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले ...


