Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/असोजमा ट्राफिक प्रहरीका ५४३४ सचेतना कार्यक्रम, साढे ४ लाख नागरिक लाभान्वित

असोजमा ट्राफिक प्रहरीका ५४३४ सचेतना कार्यक्रम, साढे ४ लाख नागरिक लाभान्वित

10/25/2026, 7:49:52 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
असोजमा ट्राफिक प्रहरीका ५४३४ सचेतना कार्यक्रम, साढे ४ लाख नागरिक लाभान्वित
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

असोजमा ट्राफिक प्रहरीका ५४३४ सचेतना कार्यक्रम, साढे ४ लाख नागरिक लाभान्वित

horizontal HD

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार असोजमा विद्यालयमा प्रशिक्षणका २४, सचेतना कक्षाका ४२७, चालक तथा सहचालक लक्षित एक हजार ६०६, रात्रिकालीन सचेतनाका दुई हजार २५२ र अन्य एक हजार १२५ गरी कुल पाँच हजार ४३४ कार्यक्रम सञ्चालन गरिएका हुन् । ती कार्यक्रममार्फत चार लाख ३६ हजार २४३ जनालाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको उनको भनाइ छ । विद्यालयमा आयोजित प्रशिक्षणमा तीन हजार ५१७, सचेतना कक्षामा चार हजार ७०, चालक तथा सहचालक लक्षित कार्यक्रममा एक लाख १५ हजार ३८६, रात्रिकालीन सचेतना कार्यक्रममा एक लाख तीन हजार ८६० र अन्य कार्यक्रममा दुई लाख नौ हजार ४१० जना सहभागी भएका कार्यालयले जनाएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । यस्ता अभियानले सर्वसाधारण नागरिक, विद्यार्थी तथा सवारी चालक र सहचालकलाई ट्राफिक नियमबारे जानकारी दिनुका साथै सुरक्षित यात्रा गर्ने तरिकासम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको कार्यालयको भनाइ छ । ट्राफिक प्रहरी प्रमुख काफ्लेले काठमाडौँ उपत्यकामा सञ्चालित जनचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गएको जानकारी दिँदै लाखौँ नागरिकलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे जानकारी गराउँदा सडकमा जिम्मेवार व्यवहारको विकास गर्न एवं सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए। उनले भने, “काठमाडौँ उपत्यकामा ट्राफिक जनचेतनामूलक कार्यक्रम निकै प्रभावकारी बनेको छ । हामीले लाखौँ नागरिकलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिन सफल भएका छौँ । यसले सडक दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।” ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई नियमको पालना गर्न, मादक पदार्थ, लागुपदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन तथा पैदलयात्री र अन्य सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल
OthersJust now

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । ‘बाटो फरक भए पनि ...

पर्दाफास
देशभर २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु
OthersJust now

देशभर २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न ...

पर्दाफास
कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
OthersJust now

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो । जसमा सबैभन्दा बढी ...

पर्दाफास
दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा
OthersJust now

दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

८ कात्तिक, खोटाङ । खोटाङमा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैंमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् । युवा समूहले दसैंको अवसर पारेर चार दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् । अभियानको पहिलो दिन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play