कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो । जसमा सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी चलाएका ६३८ सवारी साधनलाई कारबाही गर्दा रु पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी बिसीले बताए । उनका अनुसार सल्यानमा २२२ सवारी साधन कारबाही हुँदा रु दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा १२७ सवारीसाधनबाट रु एक लाख ४५ हजार, दैलेखमा ९९ सवारी साधनबाट रु ९४ हजार, जुम्लामा ६७ सवारीसाधनबाट रु ७३ हजार, जाजरकोटमा ६८ सवारीसाधनबाट रु ६१ हजार ५००, कालीकोटमा ८२ र डोल्पामा १८ सवारीसाधनबाट रु १७र१७ हजार, हुम्लामा १५ सवारीसाधनबाट रु १५ हजार र मुगुमा तीन सवारीसाधन कारबाही गर्दा रु दुई हजार राजस्व सङ्कलन भएको छ । मादकपदार्थ सेवन गरी गाडी चलाउने सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक गरी २४६ जनालाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो
बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दिएको जानकारीअनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ । अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन ...

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस कप अन्ताराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई रजत पदक जितेकी छिन्। बैङ्ककस्थित माहिडोल विश्वविद्यालयको हातामा रहेको स्पोर्टस् हलमा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधा र क्योरुगी विधा दुवैमा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा थाइल्यान्ड, फिलिपिन्स, म्यान्मा, भियतनाम, चीन, भारत, हङकङ, लाओस, कम्बोडिया, टर्की, ब्राजिल, अमेरिका, रूस, इन्डोनेसिया, सिङ्गापुर, ...

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । ‘बाटो फरक भए पनि ...

देशभर २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न ...


