Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अशान्त फ्रान्स: केही शहरहरूमा कर्फ्यु लगाउन प्रधानमन्त्रीको आग्रह

अशान्त फ्रान्स: केही शहरहरूमा कर्फ्यु लगाउन प्रधानमन्त्रीको आग्रह

10/19/2026, 6:36:31 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अशान्त फ्रान्स: केही शहरहरूमा कर्फ्यु लगाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले व्यापार व्यवसायको सुरक्षाका लागि क्षेत्रीय अधिकारीहरूलाई केही शहरहरूमा आंशिक र स्थानीय कर्फ्यू लगाउन आग्रह गरेका छन् । सप्ताहन्तमा फ्रान्समा भएका प्रदर्शनहरू सबैभन्दा खराब सडक हिंसामा परिणत भएपछि प्रधानमन्त्री लेकोर्नुले उक्त आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ । फान्समा हिंसात्मक घटना भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले पूर्वानुमान र गुप्तचर सूचनामा कमजोरी भएको स्वीकार गरेका छन् । तर गृहमन्त्री लोरेन्ट नुनेजको राजीनामालाई भने उनले अस्वीकार गरेका छन्। गृहमन्त्री नुनेजले मुख्यतया महँगी र जीवनयापनको सङ्कटलाई लिएर भएका दिनहुँका हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रण गुमाएको स्वीकार गरेका थिए । उनले उक्त घटनाको नैतिक जिम्मेवारी पदबाट राजीनामा पनि दिएका थिए । शनिबार राष्ट्रव्यापी रूपमा ठूलो मात्रामा लुटपाट र आगजनी फैलिएपछि प्रहरी र प्रदर्शनकारीहरूबीच भएको झडपमा झन्डै २ हजार ४०० जना पक्राउ परेका छन् । त्यस्तै करिब १ हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। आइतबार पनि थप गिरफ्तारी र लुटपाटका घटनाहरू दर्ता भएका बताइएको छ । घरजग्गाको बढ्दो मूल्य र महँगीलाई लिएर इटाली, पोर्चुगल र स्पेन लगायत अन्य युरोपेली राष्ट्रहरूमा पनि यस्तै किसिमका प्रदर्शनहरू सुरु भएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

दाङका थारूहरुले लगाए गउँल्या टीका
ताजा खबरJust now

दाङका थारूहरुले लगाए गउँल्या टीका

सन्तोष दहितदाङ, कात्तिक २ गते । थारू समुदायले आज आफ्नो मौलिक परम्पराअनुसार दसैँको गउँल्या टीका (सेतो टीका) लगाएका छन् । अष्टमीका दिन ढिक्री पूजा गरेपछि भोलिपल्ट पितृलाई सम्झने, भुइ... ...

गोरखापत्र
कान्तिपुर एक्सप्लेनर : बलिउड स्टारमाथि किन हुन्छ आक्रमण ?
ताजा खबरJust now

कान्तिपुर एक्सप्लेनर : बलिउड स्टारमाथि किन हुन्छ आक्रमण ?

अभिनेता टाइगर श्राफमाथि गोली प्रहारको घटनापछि बलिउड कलाकारको सुरक्षा फेरि चर्चामा आएको छ । विगतमा बलिउडकर्मीमाथि कस्ता आक्रमण भएका छन् र भारतमा जोखिममा रहेका सेलिब्रिटीलाई कसरी सुरक्षा दिइन्छ ? ...

कान्तिपुर
तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर नेपाल भित्रिए
ताजा खबरJust now

तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक। यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन माग गरिएको छ । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले हाल यो नाका तीन दिन मात्रै सञ्चालन हुने भएकाले चाडपर्व लक्षित गरी ल्याइएको सामग्री उतै रहने जोखिम बढेको छ । “चीनको सिचाङस्थित न्यालम क्षेत्रमा दशैं, तिहारलगायतका चाडपर्वलक्षित सामान बोकेका ४५ भन्दा बढी कन्टेनरहरू रोकिएका ...

नेपालन्युज
देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
ताजा खबरJust now

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने भएको छ। करिब दुई किलोमिटर दूरी रहेको उक्त स्थानमा आइएमई ग्रुपले केबलकार निर्माण गर्ने भएको हो। ग्रुपका अनुसार दुई वर्षभित्र केबलकार निर्माण गरिनेछ।  कम्पनील हाल गैँडाकोटको बटम स्टेसनबाट मौलाकालिका मन्दिर नजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ। अब देवघाटबाट समेत मौलाकालिक... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play